साप्ताहिक संवाददाता
ठमेलस्थित सञ्चय कोष भवनबाट पश्चिम उत्तरतर्फ पाइला चालेपछि पुगिन्छ– द सिप रेस्टुराँ बार एन्ड लाउन्ज । दुईवटा मिटिङ हल, एउटा कन्फ्रेन्स हल भएको यो रेस्टुराँमा झन्डै तीन सय परिकार उपलब्ध छन् । रेस्टुराँ क्षेत्रमा २० वर्ष काम गरिसकेका सेफ दीपक थापामगरका अनुसार यहाँ धेरै अर्डर हुने परिकारमध्ये हिमालयन ग्रिल्ड ट्राउट प्रमुख हो । पोखराबाट ट्राउट माछा मगाएर यो स्पेसल परिकार तयार पारिन्छ ।
कन्टिनेन्टल तथा इन्डियन परिकारहरू पाइने यो रेस्टुराँमा तन्दुरी चिकेन, ट्वाक्क मकै (मकैलाई साँधेर बनाइएको परिकार), सि कवाव, काठमाडौं चिकेनजस्ता परिकार पनि उत्तिकै अर्डर हुने म्यानेजर रमेश श्रेष्ठले बताए । ‘रेस्टुराँले एक पटकमा १ सय ५० जनालाई सेवा प्रदान गर्न सक्छ ।’ यो रेस्टुराँ छिर्दा खल्तिमा एक हजार रुपैयाँ बोके पुग्छ ।
रेस्टुराँ : द सिप रेस्टुराँ बार एन्ड लाउन्ज
स्थान : ठमेल
स्पेसल परिकार : ट्वाक्क मकै, मुस्ताङ आलु, सि–कबाब तथा चिकेन कबाब ।