फाल्गुन २२, २०७४
सुन रहा है ना तूँ, तेरे लिए, यह है, बूंद बूद जस्ता लोकप्रिय गीतका गायक अंकित तिवारी वैवाहिक जीवनमा बाँधिएका छन् । बलिउडका चलचित्रमा पाश्र्व गायन गरेर दर्शक तथा स्रोताको मन जित्दै आएका यी गायकले हालै परम्परागत शैलीमा विवाह गरेका हुन् ।
उनकी जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरकी हुन् । गत शुक्रबार अंकितले पल्लवी शुक्लासँग मागी विवाह गरेका हुन् । पल्लवी पेसाले मेकानिकल इन्जिनियर हुन् भने उनीहरूको विवाह दुवैको गृहनगर कानपुरमा सम्पन्न भएको थियो ।
विवाहभन्दा अघि उनीहरूले हल्दी, मेहन्दी आदि विधि पनि पूरा गरेका थिए । यसै साता उनीहरूले मुम्बईमा विवाह पार्टी दिने कार्यक्रम छ ।