साप्ताहिक संवाददाता
रिचर्सको कमी, कम समयमा काम सक्नुपर्ने बाध्यता तथा अन्य परिस्थिति । स्क्रिप्ट राइटरको मात्र होइन, मेकर्सको पनि भिजन क्लियर नहुनाले ।
निशा अधिकारी, अभिनेत्री
राम्रो सिमेन्ट प्रयोग नहुनाले ।
निर्मल शर्मा, अभिनेता/निर्देशक
कथामा भन्दा बढी कलाकारमा फोकस गरिने हुँदा ।
दुर्गिश नन्दिनी थापा, निर्मात्री
केही राम्रा कथामा चलचित्र नबनेका होइनन् तर अझै पनि नेपाली चलचित्र लेखनमा व्यवसायिकताको अभावमा नक्कली डाक्टर र नक्कली सर्टिफिकेटका व्यक्तिजस्तै असक्षम चलचित्र लेखकको भीड छ ।
सरोज प्याकुरेल, संगीतकार
निर्माताले चलचित्रको कथा नै राम्रो छान्न नजानेर, चलचित्रको कथालाई निर्देशकले पर्दामा उतार्न नसक्दा त्यस्तो देखिएको हो ।
मिङ्स लामा, गायिका
हुन त सबैलाई यो विषयमा मुछ्न मिल्दैन तर भन्नै पर्दा भिजन तथा क्रिएटिभीटी भएका मानिसहरूको अभावका कारण चलचित्रको कथा कमजोर हुन्छ ।
कला सुब्बा, कोरियोग्राफर
कथाकारले सही कथा अनि चलचित्र निर्माताले सही कथाकार पहिचान गर्न नसकेर ।
अर्जुन भट्टराई, गीतकार
नेपाली चलचित्रको कथा विदेशी चलचित्रको कथाबाट लिइने अथवा प्रभावित हुने हुँदा ।
दीपर्शन जंग राणा, अभिनेता
सबैले लागेरै ५० देखि ९० लाख रुपैयाँसम्म खर्च गर्ने हो । यो त दर्शकको रुचि एवं स्वादमा भर पर्ने कुरा हो ।
दिनेश डिसी, निर्देशक
अध्ययन–अनुसन्धानको कमीले ।
सुमन कुमार, गायक
कारण धेरै छन् जस्तै वास्तविक कथा नहुनु, चलचित्रको कथालाई व्यवसायीकीकरण गर्नु, काल्पनिक तथा देखासिकीमा कथा लेखिनुले पनि चलचित्रका कथा मजबुत नभएका हुन् ।
अम्बिका गुरुङ, गीतकार
कथा मजबुत भए पनि कलाकार अनि निर्देशकको कमजोरीले गर्दा कथाको मूलमर्म पर्दामा उतारिन सकेको छैन ।
विनोद सिंह, इभेन्ट मेनेजर
बढी चिटिङ हुनाले ।
दमन रुपाखेती, अभिनेता/निर्देशक
हामीमा विषयको गहन अध्ययन छैन । हामी आफ्नो समाजका ठूला कुरा मात्र हेर्छौं । स–साना विषय उठान गर्ने कार्य कौशलता एवं दक्षता नहुनु अनि अरूको नक्कल गर्ने संस्कारका कारण नेपाली चलचित्रका कथा कच्चा अर्थात् मजबुत नभएका हुन् ।
धिताल चिरिच्याँट्ट, हास्य कलाकार
कथा मजबुत हुन्छन् । मजबुत हुन नसकेको पटकथा हो । लेखकको एकलकाँटे सोच, निर्देशकको अल्छीपन, टिममा सहकार्य तथा बजेटको अभावमा पटकथा बिग्रिरहेको छ ।
जीवन पराजुली, सञ्चारकर्मी
वास्तविकतालाई नपछ्याइ अरुको नक्कल गर्न खोज्ने परिपाटि छ, त्यसैले ।
बुनु श्रेष्ठ, गायिका
कथाजस्तो भए पनि त्यसलाई निर्देशकले उत्कृष्ट तरिकाले निर्देशन गर्न नसकेर ।
रोहिया महर्जन, कोरियोग्राफर
जो पनि कथाकार हुने प्रवृत्तिले अनि अर्को कुरा कडा मेहनतको अभाव र कमजोर अध्ययनले गर्दा ।
रवि आचार्य, अभिनेता
सबै कमजोर पनि छैनन् । केही त एकदमै राम्रा पनि छन् । यसो भन्दैमा कमजोरी छैन भन्ने होइन । कथा मजबुत हुन नसक्नुमा कथाकारको मात्र होइन, निर्देशक एवं निर्माताको पनि उत्तिकै हात हुन्छ । कथामा मेहनत नै पुगेको देखिँदैन । जोसुकै निर्देशक बन्ने अनि जो कोही निर्माता बन्ने भएकाले कथामा ध्यानै नदिई हतारमा काम गर्छन् । कतिपय निर्देशकलाई राम्रो गर्नेभन्दा पनि निर्माताको आँखामा छारो हाल्दै एक्सन–कट भनेर गोजी भर्न पाए पुग्छ । कतिपयले त यो चलचित्रको जस्तो कथा लेखिदिनुपर्यो भनेर हिन्दी चलचित्रको कथा देखाउँछन् । मुख्य कुरा कथाका लागि समय नै दिइँदैन ।
सुरेश थापा, निर्देशक
कथा छान्न नजान्ने निर्माता–निर्देशकका कारणले हुनसक्छ ।
भुवन सुप्तिहाङ राई, गायक
मैले जति पनि नेपाली चलचित्र हेरेको छु, त्यसमा मलाई कथामा भन्दा पटकथा र टिमवर्क मजबुत नभएको महसुस हुन्छ । नेपालमा निर्देशक तथा कलाकारले गर्दा नै चलचित्रले मार खाएका छन् । कथा भन्ने शैलीमा परिर्वतन अनि अध्ययनका साथै समय निकालेर लेख्ने बानी बसाल्नु पर्छ ।
श्याम कार्की, गायक