फाल्गुन ३०, २०७४
अभिनेत्री रानी मुखर्जी लामो समयपछि चलचित्र ‘हिचकी’ मार्फत दर्शकमाझ आउन लागेकी छिन् । उक्त चलचित्रमा रानीले एउटी बिरामी शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्र हिचकीमा बालबालिकाको संसार परिवर्तन गर्न गरिएको संघर्षलाई प्रस्तुत गरिएको छ । यसअघि सन् २०१४ मा रानीले अभिनय गरेको चलचित्र ‘मर्दानी’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रलाई समीक्षकहरूले समेत मन पराएका थिए । त्यसो त मर्दानीको सिक्वेल पनि निर्माण हुने चर्चा छ ।
यद्यपि रानीले उक्त चलचित्रमा अभिनय गर्ने निर्णय भने गरिसकेकी छैनन् । उनले यतिबेला आफ्नो सम्पुर्ण ध्यान चैत ९ गते प्रदर्शनमा आउने चलचित्र ‘हिचकी’ मा केन्द्रित रहेको बताएकी छिन् ।