साप्ताहिक संवाददाता
महाराजगन्जस्थित द एम्बेसडर रेस्टुराँ छोटो समयमै फरक छाप छोड्न सफल छ । यहाँ अस्ट्रिचका विविध परिकार चाख्न सकिन्छ । अस्ट्रिचको सेकुवा, अस्ट्रिचको छोयला तथा अस्ट्रिचको स्टिक यहाँ धेरै अर्डर हुने परिकार हो । त्यसबाहेक बाटा फ्राइड फिस, सानो माछा फ्राइ, मटन बिरयानी पनि यहाँ बढी अर्डर हुने परिकारमा पर्छन् ।
रेस्टुराँका सेफ मुकुन्द खत्रीका अनुसार यहाँ एकै पटकमा ६० जनासम्मलाई सर्भ गर्न सकिन्छ । रेस्टुराँमा दुईवटा मिटिङ हल छन् । गोप्य मिटिङ हलमा १० जना बस्न सक्ने क्षमता छ भने अर्को मिटिङ हलमा ३० जना बस्न सक्छन् । वरिपरि विभिन्न देशका दूतावास र काठमाडौंको केन्द्रमा भएकाले यो रेस्टुराँले राम्रो बजार लिइरहेको सञ्चालक मध्येका एक गणेश अग्रवाल बताउँछन् ।
स्थान : महाराजगन्ज
रेस्टुराँ : द एम्बेसडर
परिकारहरू : अस्ट्रिचको सेकुवा, छोयला, स्टिक, मटन बिरयानी आदि ।