चैत्र ४, २०७४
आज पनि अमिताभ बच्चनको क्रेजमा कुनै आएको छैन । यद्यपि तिनै बुवाका छोरा अभिषेक बच्चन भने सन् २०१६ मा प्रदर्शन भएको चलचित्र हाउसफुल–३ पछि कुनै पनि चलचित्रमा देखिएका छैनन् । यसबीच अभिषेकका प्रशंसकहरूका लागि एउटा खुसीको खबर छ ।
करिब दुई वर्षपछि अभिषेक चलचित्र ‘मनमर्जियाँ’ मार्फत दर्शकमाझ आउने भएका छन् । उक्त चलचित्रको छायांकन प्रारम्भ भैसकेको छ । अभिषेक बच्चनले आफ्नो ट्वीटरमा आफु लामो समयपछि दर्शकमाझ आउन लागेकाले सबैको आशीर्वादको आवश्यकता पर्ने कुरा लेखेका छन् ।
अनुराग कश्यपको निर्देशन तथा आनन्द राय निर्माता रहेको उक्त चलचित्रमा तापसी पन्नु र विक्की कौशलले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । यो चलचित्रबाट निर्देशक कश्यपसँगै स्वयं अभिषेक पनि उत्साहित रहेको बताइन्छ ।