साप्ताहिक संवाददाता
लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ यो वर्षको उत्कृष्ठ संगीतकारका रुपमा पुरस्कृत भएको छन् । उनी रेडियो नेपालको ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता २०७४ मा उत्कृष्ठ संगीतकारका रुपमा पुरस्कृत भएका हुन् ।
उक्त प्रतियोगीतामा गायनतर्फ भने गायक सिडी विजय अधिकारी उत्कृष्ठ ठहरिएका छन् । अधिकारी प्रतियोगीतामा प्रथम हुँदा योगेन्द्र उपाध्याय द्वितीय र मेलिना फुयाँलले तृतीय स्थान हासिल गरेका छन् । गीत लेखनमा गीतकार पद्मा लिंखा मगर उत्कृष्ठ बन्न सफल भएकी छिन् । रेडियो नेपालले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा क्षेत्रीय रुपमा आयोजना गर्दै आएको राष्ट्रव्यापि खुल्ला आधुनिक गायन प्रतियोगीता गत सालबाटै प्रदेशस्तरीय रुपमा आयोजना गर्दै आएको छ । अन्तिम प्रतियोगीतमा सातै प्रदेशबाट छनौंट भएर आएका २१ जना बढीले सहभागीता जनाएका थिए ।