• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
घुम्ने होइन नयाँ बर्षमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

घुम्ने होइन नयाँ बर्षमा
चैत्र २७, २०७४

 

 

नगरकोट

नगरकोट गर्मीयामको घुमघामका लागि उपयुक्त स्थान हो । सूर्योदयको दृश्यवलोकनका लागि प्रख्यात नगरकोट समुद्री सतहभन्दा २ हजार ७५ मिटरमाथि छ । नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुन्छ । मौसम खुलेका बेला यहाँबाट विभिन्न मनमोहक हिम शृंखलाका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ । यहाँबाट धौलागिरि हिम श्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मका मनास्लु, गणेश, लामटाङ, गौरीशंखर, चोयु, ल्होत्से, मकालु आदि शिखर अवलोकन गर्न सकिन्छ । नगरकोटमा सामान्यदेखि सुविधासम्पन्न होटल, लज तथा रिसोर्टहरू उपलब्ध छन् ।

 

कसरी जाने ?

काठमाडौंका विभिन्न ठाउँबाट नगरकोट जाने गाडी पाइन्छ । निजी सवारी साधन छ भने १ घण्टाको ड्राइभपछि नगरकोट पुगिन्छ ।

 

दामन–पालुङ

काठमाडौंबाट त्रिभुवन राजमार्ग हुँदै करिब ४ घण्टाको यात्रा पार गरेपछि दामन तथा पालुङ पुगिन्छ । काठमाडौंबाट नजिकै, स्वच्छ वातावरण, मनोरम प्राकृतिक वातावरण भएकाले दामन र पालुङले धेरैको मन लोभ्याउँछन् । सहरको धूलो, धूँवा तथा तनावपूर्ण दैनिकीबाट मुक्ति पाउन धेरैले यो ठाउँलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन् । काठमाडांै र हेटौंडाको ठीक बीचमा पर्ने यो क्षेत्रको मौसम पनि निकै रमाइलो हुन्छ । यो क्षेत्रमा केही ऐतिहासिक अभिलेखहरू छन् । दामनको भ्युटावर तथा सिमभन्ज्याङको चिसो वातावरणले जो कसैलाई आकर्षित गर्छ । अहिले त्यहाँ गुराँस फुलेर रातै भएको भञ्ज्याङसमेत हेर्न सकिन्छ ।

कसरी पुग्ने ?

दामन–पालुङ पुग्ने विभिन्न बाटा छन् । नौबिसेबाट त्रिभुवनराजपथ हुँदै, दक्षिणकालीबाट कुलेखानी हँुदै तथा थानकोटको चन्द्रागिरी हुँदै उक्त क्षेत्रमा पुग्न सकिन्छ । कलंकीबाट सिधै दामन–पालुङसम्मको सार्वजनिक यातायात चल्दै आएको छ ।  

 

सिमभन्ज्याङ

काठमाडौंबाट लगभग ८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित सिमभन्ज्याङ मोटरसाइकलमा ३ र गाडीमा ४ घण्टामा पुगिन्छ ।समुद्री सतहबाट २ हजार ४ सय ८८ मिटर उचाइमा रहेको सिमभन्ज्याङबाट सूर्यास्त हँुदाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट विहानको सूर्योदय तथा कञ्चनजंगादेखि अन्नपूर्ण हिमालसम्मका हिमशृंखला नियाल्न सकिन्छ । सिमभन्ज्याङमा बस्न र खानका लागि राम्रा होटल तथा लजहरू उपलब्ध हुन्छन् । 

 

कसरी पुग्ने ?

निजी सवारी साधन नहुनेहरू कलंकीबाट हेटौंडा जाने बस चढेर सिमभन्ज्याङ ओर्लन सक्छन् । 

 

कुलेखानी–इन्द्रसरोवर

हेटौंडाबाट ४७ किलोमिटर उत्तरतर्फ छ, कुलेखानी इन्द्रसरोवर । यो नेपालकै ठूलो मानव निर्मित ताल हो । ७ किलोमिटर लामो तथा ३ सय मिटर चौडाइको इन्द्रसरोवरमा डुंगा सयरको व्यवस्थासमेत छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने यो कृतिम तालमा पिकनिक खान आउनेहरू पनि प्रशस्तै हुन्छन् । 

 

कसरी पुग्ने ? 

हेटौंडाबाट डेढ घण्टाको यात्रामा इन्द्रसरोवर पुग्न सकिन्छ भने काठमाडौंबाट सार्वजनिक सवारी साधनमा करिब ३ घण्टामा त्यहाँ पुग्न सकिन्छ । पुरानो बसपार्कबाट कुलेखानीसम्म सिधै गाडी चल्छ ।

 

चिसापानी

समुद्री सतहबाट २ हजार १ सय ६५ मिटर उचाइमा अवस्थित चिसापानी नुवाकोट, काठमाडौं तथा सिन्धुपाल्चोक जिल्लाको संगम स्थल हो । काठमाडौंको उत्तरी भेगमा पर्ने चिसापानीको मौसम निकै चिसो हुन्छ । यहाँ हिमाली दृश्य तथा हरियाली जंगलको आनन्द लिन सकिन्छ । वसन्त ऋतुमा राताम्मे गुराँसले यहाँको वातावरणलाई अझ मोहक बनाउँछ । सुन्दरीजल–चिसापानी हाइकिङको प्रचलित रुट हो । सुन्दरीजलको उकालो लाग्दा ‘चिसापानी ट्रेल’ को नक्सा हेर्न सकिन्छ । यो यात्राका क्रममा स्व. नेता बीपी कोइरालालाई राखिएको सुन्दरीजल जेल पनि अवलोकन गर्न सकिन्छ ।

 

सुन्दरीजलबाट झन्डै ७ घण्टाको पैदल यात्रापछि चिसापानी पुगिन्छ । तामाङ संस्कृति हेर्दै बाटामा भेटिने स्थानीय परिकारको स्वाद लिन सकिन्छ । बाटामा आउने लामाचौर, बर्लाङ डाँडामा बसेर काठमाडौं उपत्यका तथा घना जंगलको रोमाञ्चक दृश्य नियाल्नु थप रमाइलो हुन्छ ।

 

चिसापानी डाँडाबाट भिराला बस्तीहरू, गौरीशंकर, लाङटाङ दोर्जेलाक्पा जस्ता हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । चिसापानीमा ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मका सुविधाजनक होटलहरू उपलब्ध छन् । चिसापानीमा स्थानीय कुखुराको मासु, गाउँमै बनेको रक्सी तथा स्थानीय चामलको भातको स्वाद बेग्लै हुन्छ । चिसापानीबाट फर्कंदा नगरकोट वा बूढानीलकण्ठको फरक रुट प्रयोग गर्न सकिन्छ ।

 

नयाँ वर्ष@पोखरा

एक समय थियो, पोखरामा नेपाली नयाँ वर्षको खासै चहलपहल देखिँदैनथ्यो । अंग्रेजी नयाँ वर्ष तामझामका साथ मनाइने पोखरामा नेपाली नयाँ वर्ष आउँथ्यो र जान्थ्यो तर केही वर्षयता पोखरामा नेपाली नयाँ वर्ष मनाउने क्रम लगातार बढिरहेको छ । यसको श्रेय पश्चिमाञ्चल होटल संघलाई जान्छ । संघको आयोजनामा १४ वर्षअघि फेवा नववर्ष महोत्सवको नाममा पोखरामा नेपाली नयाँ वर्ष मनाउन थालियो, जसले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । यसले बिस्तारै आन्तरिक पर्यटकको मन पनि जित्दै गएको छ । अहिले पोखरा नयाँ वर्ष मनाउनेहरूको हब बन्न थालेको छ । 

 

खुलेको यो मौसममा पोखरा अनि आसपासका सुन्दर दृश्य नियाल्नुको बेग्लै आनन्द हुन्छ । हिमालमा सेतै टल्कने हिउँ तथा वनपाखामा फुलेका लालीगुराँसले पोखरा अनि आसपासका ठाउँको सून्दरता अझ बढाइदिएका छन् ।

 

नयाँ वर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटकलाई सन्तुष्ट पार्न यहाँका व्यवसायीहरू पनि उत्तिकै लागि पर्छन् । पोखराका साधारण गेष्ट हाउसदेखि तारे होटलसम्मले नेपाली नयाँ वर्षलाई विशेष बनाउन प्याकेज उपलब्ध गराउँछन् । 

 

नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटक कास्की तथा छिमेकी जिल्लाका होम स्टेसम्म पुगेर ग्रामीण बस्तीहरूमा रमाउँछन् । नयाँ वर्षको उपलक्ष्यमा धम्पुस, घान्द्रुक, पञ्चासे, ल्वाङघलेल, सिक्लेस, मुस्ताङ मुक्तिनाथ, स्याङ्जा सिरुवारी, घोरेपानी, पुनहिल, अन्नपुर्ण बेसक्याम्प आदि पर्यटकीय ठाउँ पुग्नेहरू पनि उत्तिकै हुन्छन् भने साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ, बञ्जी जम्प, क्यानोनिङ जस्ता विकल्प उपलब्ध छन् । 

 

नयाँ वर्ष स्पेसल प्याकेज नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक पर्यटकलाई पश्चिमाञ्चल होटल संघले चार प्रकारका प्याकेज ल्याएको संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । जसमा घुमघाम, शैक्षिक भ्रमणका एक–एक तथा हनिमुनका दुई गरी चारवटा नयाँ प्याकेज छन् । चैत अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म संघमा आबद्ध होटलहरूमा उक्त प्याकेज सुविधा उपलब्ध हुनेछ । 

 

विद्यार्थीका लागि ल्याइएको शैक्षिक भ्रमण प्याकेजका लागि प्रतिव्यक्ति १ हजार ७ सय ७० रुपैयाँ तिर्नुपर्नेछ । यो ब्रेकफास्टसहित दुई रातको प्याकेज हो । विद्यार्थीहरूलाई मात्र उपलब्ध गराइने यो प्याकेजमा आधा दिन दृश्यावलोकन तथा एक घण्टा डुंगा सयर गर्न पाइन्छ ।

 

घुमघाम प्याकेज लिने पाहुनाले विमानस्थल अथवा बसपार्कदेखि होटलसम्म आउजाउको व्यवस्था, वेलकम ड्रिंक्स तथा डबल बेडसहितको कोठा पाउनेछन् । साथमा ब्रेकफास्ट, आधा दिन पोखरा आसपासको दृश्यावलोकन तथा फेवातालमा एकघन्टा डुंगा सयर गर्न पाइनेछ । यो घुमघाम प्याकेज दुई जनाका लागि २ हजार ९ सय ९० रुपैयाँको छ ।

 

हनिमुन मनाउन आउने जोडीका लागि संघले दुईवटा प्याकेज ल्याएको छ । दुवै प्याकेजमा विमानस्थल अथवा बसपार्कबाट होटलसम्म ल्याउने तथा पुर्‍याउने सुविधा उपलब्ध हुनेछ । दुई रात बसाइसहित ब्रेकफास्ट, डिनर, आधा दिनको दृश्यावलोकन तथा एक घण्टा बोटिङ गर्न पाइने यो प्याकेजको मूल्य ३ हजार ५ सय ५० रुपैयाँ छ । अल्ट्रालाइट वा प्याराग्लाइडिङ वा बञ्जिजम्प गर्न पाइने सुविधा थप हुने अर्को हनिमुन प्याकेजका लागि ९ हजार ९ सय ९० रुपैयाँ तिर्नुपर्नेछ ।

 

सौराहा

सौराहाका होटल व्यवसायीहरूले नयाँ वर्षका लागि आकर्षक प्याकेज ल्याएका छन् । साथीभाइ तथा पारिवारसँग यो नयाँ वर्ष सौराहा पुग्न सकिन्छ । सौराहाको हात्ती सफारी सबैभन्दा लोकप्रिय छ । सौराहामा ४७ वटा निजी हात्तीले पर्यटकहरूलाई जंगल सफारी गराउँदै आएका छन् । हात्तीबाट जंगल सफारी गर्दा ८ सय रुपंैयाँ खर्चनुपर्ने हुन्छ । हात्ती सफारी गर्दा जंगलमा चरिरहेका विभिन्न प्रजातीका चराचुरुङ्गी, मृग, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पल आदि पशुपन्छीहरू हेर्न सकिन्छ । जंगलभित्रको घाँसे मैदानले धेरैको ध्यान तान्छ । राप्ती नदिमा डुंगा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी आदि अवलोकन गर्न पाइन्छ । सौराहाबाट सूर्यास्तको सुन्दर दृश्य पनि हेर्न सकिन्छ । थारु संस्कृति, परम्परा तथा रहनसहन बुझ्न सौराहा उपयुक्त स्थल सावित हुनसक्छ । थारु कल्चरल डान्स सौराहाको अर्को आकर्षण हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik