वैशाख ११, २०७५
बबी देओललाई लिएर सलमान खान निकै खुसी छन् । सलमानले बबीलाई रेस–३ मा किन लिए भनेर अन्य निर्माताहरू पनि सोच्न वाध्य भए । खबरअनुसार सलमानले बबीलाई किक–२मा समेत काम गराउने सोच बनाएका छन् । किकमा रणदीप हुड्डाको महत्वपूर्ण भूमिका थियो । त्यस्तै प्रकारको भूमिका किक–२ मा बबीको हुनेछ ।
समाचार अनुसार सलमानले साजिद नाडियाडवालासँग भनेका छन् बबीलाई यो भूमिकामा लिन सकिन्छ । सम्भवत: साजिदले सलमानको कुरा अस्वीकार गर्ने छैनन् । सलमानलाई लिएर भारत शीर्षकको
बन्न सक्छ, जसमा बबी पनि रहनेछन् र त्यसको निर्देशन अली अब्बास जफरले गर्नेछन् । यदि त्यसो हो भने बबीको करिअर अब राम्रैसँग माथि उठ्नेछ ।