इलियाना डिक्रुज चलचित्रका साथै व्यक्तिगत जीवनमा पनि चर्चामा छिन् । इलियानाले आफ्ना ब्वाइफ्रेन्ड एड्रयु निवोलसँग गोप्य रूपमा विवाह गरेकी थिइन्, जुन कुरा अहिलेसम्म धेरैलाई थाहा छैन । हालै उनका बारेमा एउटा हल्ला फैलिएको छ— इलियाना चाँडै आमा बन्दैछिन् ।
यद्यपि यी बोल्ड अभिनेत्रीले यस विषयमा आधिकारिक धारणा भने व्यक्त गरिसकेकी छैनन् । पत्रकारहरूले जहाँ देखे पनि यही प्रश्न सोधेर हैरान बनाए पनि उनले अन्य कुरा गरेर जवाफ छल्दै आएकी छिन् । हालै एन्ड्रयुले इलियानाको एक तस्बिर पोस्ट गरेका छन्, जुन तस्बिरमा इलियाना गर्भवती भएजस्तो देखिँदैन । एन्ड्रयुले इलियानाको तस्बिर पोस्ट गर्दै भनेका छन्— इलियाना एक्लै समय बिताइरहेकी छिन् । सार्वजनिक तस्बिरमा इलियानाको अनुहार लुकेको छ तर उनले मध्यऔंला देखाएकी छिन् । इलियानाको यो संकेतबाट के बुझिन्छ भन्ने कुराचाहिँ उनैलाई थाहा होला ।