वैशाख २०, २०७५
संसारका सबैभन्दा मन पर्ने व्यक्तिको सूचीमा एन्जेलिना जोलीको नाम अग्रस्थानमा छ । एन्जेलिना सन् २०१५ देखि निरन्तर आफूलाई अग्रस्थानमा राख्न सफल हुँदै आएकी छिन् । भारतकी अभिनेत्री प्रियंका चोपडा भने उक्त सूचीको १२ औं स्थानमा छिन् ।
अमेरिकामा प्रत्येक वर्ष हुने यु गभ अध्ययनको सूचीमा २० जना पुरुष तथा २० जना महिला समेटिएका छन् । ३५ देशका ३७ हजार व्यक्तिको अनलाइन अन्तर्वार्ताका आधारमा यसपटक सर्वाधिक मन पर्ने व्यक्तिको सूची सार्वजनिक गरिएको हो ।
पुरुषहरूको सूचीतर्फ विल गेट्स अग्रस्थानमा छन् भने उनीपछि बाराक ओबामा, ज्याकी च्याङ तथा सी जिनपिङको नाम छ ।