साप्ताहिक संवाददाता
सामग्री : जिन र फ्रेस लेमन जुस (६० एमएल), बियर (३३० एमएल), ओरेन्ज जुस, ओरेन्ज स्लाइस तथा सेरेचा सस ।
विधि : उल्लेखित सामग्रीहरू जम्मा पारिसकेपछि बियरको ककटेल बनाउँन खासै गार्हो छैन ।
माइतीघरमण्डलास्थित थिस्अल ट्रयांगलका रमेश बस्नेतले दिएको रेसिपीअनुसार जम्मा ५ मिनेटमै यो ककटेल तयार हुन्छ । सुरुमा एउटा बियर ग्लास लिनुहोस् । त्यसमा कागतीका केही थोपा हाल्नुहोस् ।
जिन र बडवाइजर मात्राअनुसार खन्याउनुहोस् । त्यसमाथि सुन्तलाको जुस तथा सेरेचा सस हाल्नुहोस् । यति कुरालाई एकछिन घोलेपछि बियर ककटेल तयार हुन्छ ।
समर पुल पार्टी–२०७५
गर्मी बढिरहेको छ । यस्तो बेला पौडिन वा चिसो पानीमा हाम फाल्न कसलाई मन नहोला ? यदि तपाईं हेटौंडा आसपास हुनुहुन्छ भने समर पुल पार्टी–२०७५ मा सहभागी हुन सक्नुहुन्छ । पार्टीमा डिजे असिम तथा डिजे पिकेको संगीत तथा र्यापर सरकारका गीतहरू सुन्न सकिनेछ । पुल पार्टीमा खानेकुरा र ड्रिंक्सको समेत व्यवस्था छ ।
आयोजक : हेटौंडा फन भिल्ला, क्याम्पा डाँडा
समय : १२ बजेदेखि ५ बजेसम्म
प्रबेश शुल्क : ३ सय रुपैयाँ