साप्ताहिक संवाददाता
पहिरन
गर्मी होस् वा जाडो, दुवै मौसममा एकनास नै हुन्छु । मौसमअनुसारको पहिरनमा भने ध्यान दिन्छु । यो मौसममा म विशेष गरी क्याजुअलमा कुर्ता–सुरुवाल, हाफ पाइन्ट, क्वाटर पाइन्ट आदि लगाउँछु । त्यस्तै पार्टीमा भने वन पिसमा हुन्छु ।
कालो रङ मनपर्छ
म रंगको खासै वास्ता गर्दिनँ । गर्मी मौसममा कालो रङको पहिरनले शरीरलाई पोल्छ भनिन्छ, तर मलाई भने जाडो होस् वा गर्मी दुवै मौसममा कालो रङका पहिरन नै मन पर्छन् । फेब्रिकमा भने कटन मै जोड दिन्छु ।
जुत्ता
खुट्टामा हावा छिर्ने खालका जुत्ता लगाउन रुचाउँछु ।
गर्मीमा खानपानमा
सचेत हुन्छु
मलाई गर्मीभन्दा जाडो महिना नै मन पर्छ । गर्मी याममा खानपानमा सचेत हुन्छु । बाहिर जहाँ पायो त्यहीँ खादिनँ । प्रसस्त पानी पिउँछु । धेरैजसो रोटी खान्छु भने भात कम खान्छु । काँक्रो, तरबुजा बढी खान्छु । पहिले सफ्ट ड्रिंक्स बढी प्रयोग गर्थें, तर अहिले धेरै कम गरेकी छु ।