साप्ताहिक संवाददाता
जेष्ठ २, २०७५
सन् २०१७ को जनवरीमा जीवनको २३ औं ग्रान्डस्ल्याम प्रतियोगिता जित्दा सरिना विलियम शिर्ष वरियतामा थिइन् । उक्त उपाधिपछि उनी गर्भवती भइन् र कोर्टबाट अलग हुन बाध्य बनिन् ।
यतिबेला छोरीको जन्मपछि सरिना कोर्टमा फर्कने प्रयासमा छिन् भने उनको काँधमा शिशुको स्याहार गर्नुपर्ने जिम्मेवारी पनि छ । टेनिस कोर्टबाट टाढा रहँदा उनको वरियताक्रम घट्दै ४ सय ४९ औं स्थानमा पुगेको थियो ।
आगामी विम्बल्डन टेनिस प्रतियोगिताको वरियताक्रममा उनी सम्भवत: माथिल्लो श्रेणीमा पर्ने छैनन्, यद्यपि महिला टेनिस एसोसिएसनले उनलाई घाईते घोषित गरी वरियताक्रममा पार्ने प्रयास गरिरहेको छ, तर सरिना भन्छिन्–सन्तान जन्माउनु तथा उसलाई हुर्काउनुको अर्थ घाइते हुनु हो त ?