साप्ताहिक संवाददाता
सार्वजनिक यातायातमा महिला र पुरुष दुवैले दुव्र्यवहारको सिकार हुनुपरेको छ । त्यसैले म आफ्नो कार, बाइक वा ट्याक्सीमा मात्र यात्रा गर्छु । जीवनमा काम लाग्ने मानिससँग मात्र व्यवहार गर्नुपर्ने रहेछ, दुव्र्यवहारबाट जोगिनुपर्छ ।
गोपाल अर्याल
दुव्र्यवहार गर्नु हुँदैन भन्ने चेतना जगाउनुपर्छ । अनुशासन र मर्यादाको कुरा बुझ्नु, मनन गर्नुका साथै अपनाउनु पनि पर्छ ।
अजम्मरी
पहिले महिलाहरू कमजोर हुन्छन् भन्ने कुरा महिलाको दिमागबाटै हटाउनुपर्छ अनि पहिरनको कुरामा समाजको दृष्टि फराकिलो बनाउनुपर्छ । छोटा पहिरन लगाउँदैमा महिलामाथि दुव्र्यवहार हुने हो भने त युरोप–अमेरिकातिर धेरै बलात्कारका घटना घट्नुपर्ने हो । फेसनका नाममा आफैंलाई असहज हुने गरी स्कर्टको फेरो तान्दै हिंड्नु पनि ठीक हुँदैन, तर आफूलाई सहज हुन्छ भने जस्तोसुकै पहिरन लगाउँदा पनि हुन्छ । यदि कसैले गिद्धे नजरले हेर्यो मात्र भने पनि औंला पड्काएर, आँखामा आँखा जुधाएर, चोरी औंला देखाउँदै बहस गर्ने हो भने आधाभन्दा बढी दुव्र्यवहार घट्नेछ ।
होमनाथ अधिकारी
महिलाहरूलाई बुर्का लगाइदिनुपर्छ । अर्धनग्न भएर हिंडेपछि दुर्घटना हुनु त स्वाभाविक हो ।
कृष्ण क्षेत्री
महिला भनौं वा केटीहरू भनौं–ले सार्वजनिक ठाउँहरूमा जानुपर्दा शालिन पहिरनमा जानुपर्छ । उखानै छ नि— उत्ताउली गाई बाघले खाई ।
हरिहर जोशी
दुव्र्यवहार गर्नेहरूको पनि लिंग परिवर्तन गरी महिला नै बनाइदिनुपर्छ । त्यो पनि उनीहरूको आफ्नै खर्चमा ।
रामनाथ दाहाल
महिलाले छोटा लुगा लगाएर हिंसा भयो भन्नेहरूले आफ्ना साना छोरीलाई फरिया लगाइदिऊन् । अझ नपुगे बुर्कामा हिंडाऊन् ।
रोशन आचार्य
सोच बदलौं ।
अन्जान
महिलाले गर्ने दुव्र्यवहार हटाउनचाहिँ के गर्नुपर्ला ?
सुदिप
महिलाहरू आफैंले कपडा लगाउँदा होस गर्नुपर्छ अनि समस्या आफैं समाधान हुन्छ ।
युरिकराज नेपाली
सबै महिलालाई निजी कारको व्यवस्था गरिदिनुपर्छ ।
प्रतिमा
दुव्र्यवहार गर्नेहरूलाई प्रहरी चौकी पुर्याउनुपर्छ ।
आशिष राई
साउदी अरबमा जस्तै नेपालमा पनि कठोर कानुन बनाउनुपर्छ ।
लीलाराज भट्टराई
बलात्कारीलाई फाँसीको सजाय हुन आवश्यक छ ।
कृष धमला
महिलाहरूले आफ्नो अनुहार तथा हातखुट्टाको मेकअप कम गरे पुग्छ ।
जीवन ढकाल
सार्वजनिक स्थल निर्माण नगर्ने, भएकालाई निजीकरण गर्ने ।
सुनाहाङ राई
हामी पुरुषहरू नै सभ्य हुने त होला नि ।
बिमल बराल
हुन त दोष पुरुषकै हो, तर पनि छोरी मान्छेले भड्किलो पहिरन र मेकअपमा नहिँड्ने हो भने अलिक कम होला कि ?
धनकुमार
यी तीन कुरा फलो गर्नुपर्यो :
महिलालाई लामा पहिरन लागाउन जोड दिने तथा उत्ताउलो फेसनमा नहिंड्न आग्रह गर्ने ।
सरकारले महिला हिंसाको विषयमा नयाँ कानुन
लागु गर्नुपर्यो ।
महिलाप्रति पुरुषको नकारात्मक दृष्टिकोण बदल्नुपर्यो अनि बन्द हुन्छ कि ?
राम मगर
के भन्ने ? मानव पनि सर्वज्ञानी पशु न हो । कसै–कसैमा पशुवृत्ति हुन्छ, उनीहरू सार्वजनिक रूपमै आफ्नो व्यवहार देखाउँछन् अनि कोही–कोही त्योभन्दा खतरनाक हुन्छन् । कसैलाई थाहै नदिई आफ्नो हर्कत देखाउँछन् । यी सर्वज्ञानी ‘पशुहरूलाई’ रोकथाम गर्ने कुनै उपाय छैन हौ ।
रोहन राना