साप्ताहिक संवाददाता
मलाई फुटबल निकै मनपर्छ । त्यसैले म मोबाइलमा पनि फुटबल नै खेल्छु । मोबाइलमा गेम खेल्दा फ्रेस भइन्छ । म विशेषगरी कसैलाई कुर्नुपर्यो भने गेम खेलेर बस्छु ।
आकाश श्रेष्ठ, अभिनेता
मोबाइलमा गेम खेल्ने उमेर गयो जस्तो लाग्छ । अहिले मोबाइलमा गेम खेल्न अल्छि लाग्छ ।
भुवन केसी, अभिनेता
म मोबाइलमा धेरै गेम खेल्छु । हिजोआज चाहिँ रक्की क्लाइम्ब खेलिरहेको छु । समय–समयमा विभिन्न गेमहरू डाउनलोड गरेर खेलिरहेको हुन्छु ।
बिपिन कार्की, अभिनेता
म आजकाल लुडो व्यापक खेल्छु । आफूमात्र नभएर अरू साथीहरूसँग मिलेर खेल्न मिल्ने हुँदा टाइम पास गर्न सजिलो हुन्छ ।
गौरव पहारी, अभिनेता
केही समय पहिलेसम्म क्यान्डी क्रस निकै खेलेँ, तर अहिले फेसबुक र युट्युब चलाएरै समय बित्छ ।
रामचन्द्र काफ्ले, गायक
म आजकाल लुडो धेरै खेल्छु । फुर्सदमा साथीहरूसँग बसेर लुडो खेल्दा निकै रमाइलो हुन्छ । मेरा अधिकांश साथीहरू लुडो नै खेल्छन् ।
पल शाह, अभिनेता
म मोबाइलमा कुनै पनि गेम खेल्दिनँ, तर मानसिक स्वास्थ्यका लागि थोरै समय मोबाइल गेम खेल्नु राम्रो हो । यसको अत्यधिक प्रयोगले समस्या पनि निम्त्याएको छ ।
डा. अनन्त अधिकारी, मनोचिकित्सक
मलाई मोबाइल गेमले कुनै आकर्षण गरेन । म सन् १९८२/८३ मा अमेरिकामा पढ्दा भर्खरै डिजिटल गेम प्याकम्यान सुरु हुँदा त्यो गेम खेल्ने बक्स किनेर छोरालाई खेलाउँदा खुब मज्जा लाग्थ्यो तर त्यस्ता गेमहरू नेपालमा नआएकाले त्यति चाख लागेन ।
राजेन्द्र थापा, गीतकार
वास्तवमा भन्ने हो भने मलाई मोबाइलमा गेम खेलेर बस्ने फुर्सद नै हुँदैन । दिउँसो अफिसमा हुन्छु बेलुका घर आएर फेसबुक, भाइबर तथा इन्स्टाग्राममा व्यस्त रहन्छु ।
सुप्रिया कटुवाल, मोडल
म पहिले चाहिँ क्यान्डी क्रस धेरै खेल्थे । यतिसम्म कि बेलुकादेखि बिहान ४ बजेसम्म पनि क्यान्डी क्रस खेलेकी छु, तर अहिले गेम खेल्ने फुर्सद नै हुँदैन ।
मुना थापामगर, लोक गायिका
म मोबाइलमा गेम नै खेल्दिनँ । पहिले क्यान्डी क्रस चाहिँ धेरै खेल्थेँ, तर अहिले फेसबुक चलाएर बस्छु ।
निता ढुंगाना, अभिनेत्री
मैले एक पटक मोबाइलमा क्यान्डी क्रस गेम डाउनलोड गरेँ । त्यो गेम मैले दिनरात खेलेँ, जसले गर्दा मेरो धेरै समय खेर गयो अनि त्यसलाई डिलिट हाने ! त्यो गेमलाई मैले मोबाइलबाट हटाएदेखि अहिलेसम्म एउटा पनि गेम मोबाइलमा डाउनलोड गरेकी छैन, तर कहिलेकहिँ कुनै साथीले क्यान्डी क्रस खेलिरहेको फेला पारे भने चाहिँ उनीहरूको मोबाइलमा खेल्छु ।
बेनिशा हमाल, अभिनेत्री
म खासै गेम लभर होइन, त्यही भएर मोबाइलमा त्यति गेम खेल्दिनँ । म धेरैजसो सामाजिक सञ्जाल तिरै व्यस्त हुन्छु । यद्यपि पहिले एकपटक क्याण्डी क्रस खेल्ने लत लागेको थियो ।
सुनिता डंगोल, मिस नेवा
मेरो मोबाइलमा गेमको कुनै पनि एप छैन । म अनलाइनमा उपलब्ध हुने गेम समेत खेल्दिनँ ।
नवीन पौडेल, गायक
म मोबाइलमा विभिन्न गेम खेल्छु । मेरो मोबाइलमा धेरै गेम छन्, तर विशेषगरी टेम्पल रनचाहिँ निकै खेल्छु । किनभने यो गेम खेल्ने क्रममा राक्षसले लखेटदा आफू नै भागे जस्तो लाग्छ ।
सत्यराज आचार्य, गायक
म मोबाइलमा धेरैजसो तास र रेसिङ कार खेल्छु ।
आरपी पन्त, कलाकार
म तीन पत्ती खेलिरहेको छु ।
बिनोद सिंह, इभेन्ट मेनेजर
एकताका क्यान्डि क्रस खुबै खेलें । अहिले चाहिं कलरक्यूब खेल्छु ।
सन्तोष कोन्मे, गायक
मोबाइलमा लूडो खेल्न रुचाउँछु ।
धीरज तण्डुकार, इभेन्ट मेनेजर
मलाई मोबाइलमा गेम खेल्दा समय नै बर्बाद भैरहेको जस्तो लाग्छ, त्यसैले म खेल्दिन ।
सिपी पुडासैनी, निर्देशक
म मोबाइलमा गेम खेल्दिनँ । अरूले खेलेको देखेरै पुगिसक्यो । कतिपयले फेसबुकमा क्याण्डी क्रस खेल्न रिक्वेस्ट पठाएर हैरान बनाएकाले मैले ती साथीहरुलाई फेसबुकबाटै हटाइदिएँ ।
आस्था राउत, गायिका
म कहिलेकाहीँ मोबाइलमा लुडो खेल्छु, तर मोबाइलमा धेरैजसो फेसबुक नै चलाइरहेको हुन्छु ।
शिव हमाल, गायक
म धेरैजसो मोबाइलमा क्यान्डी क्रस खेल्छु । यतिसम्मकी एकताका श्रीमतीले गाली गर्छिन् भनेर बेलुका सिरकले मुख छोपेर समेत खेल्थेँ ।
प्रदीप भट्टराई, निर्देशक
मेरो मोबाइलमा धेरै गेम छन्, तर खेल्ने समय हुँदैन । तैपनि कहिलेकाहीँ चेस चाहिँ खेल्छु ।
आकाश अधिकारी, निर्देशक
पहिले–पहिले चेस धेरै खेल्थेँ, तर अहिले खेल्ने समय र इच्छा दुवै छैन ।
राजनराज सिवाकोटी, संगीतकार
म मोबाइलमा स्नेक गेम बढी खेल्छु ।
खुमन अधिकारी, गायक
फुर्सद भए क्यान्डीक्रस खेल्छु ।
केदार घिमिरे, हास्यकलाकार
म मोबाइलमा धेरैजसो लुडो खेल्छु, टेन्सनमा छु भने पनि लुडो खेलेपछि फ्रेस हुन्छु ।
अर्जुन घिमिरे, हास्यकलाकार