सिर्जना कलेजको कला प्रदर्शनी

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७५

लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्स तथा सिर्जना कन्टेम्पोररी आर्ट्स ग्यालरीको संयुक्त आयोजनामा कला प्रदर्शनी सम्पन्न भएको छ । गत शुक्रबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको उक्त प्रदर्शनीमा ८० भन्दा बढी सिर्जना राखिएको थियो । 

शशीविक्रम शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, के.के कर्माचार्य, मदन चित्रकार लगायतका ३२ जना कलाकारको चित्रकला, मूर्तिकला तथा पप अप प्रदर्शित उक्त प्रदर्शनीलाई ३ सयभन्दा बढीले अवलोकन गरेको बताइएको छ । 

प्रकाशित :जेष्ठ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×