जेष्ठ २९, २०७५
विश्वकपमा सहभागी हुने सबै टिमले अन्तिम खेलाडी सूची जारी गरिसकेका छन् । यसमा बेल्जियम पनि पर्छ, तर उसले आफ्ना खेलाडीको सूची भने लामो समय गोप्य राख्न सकेन ।
उक्त सूची पनि अनौठो तरीकाले बाहिर आयो । भएछ के भने बेल्जियमले आफ्नो टिम रहने रुसी होटलमा खेलाडी सुत्न आफ्नै ओछ्यान (म्याट्रेस) यो पठाएको रहेछ, त्यो पनि खेलाडीको नाम सहित । त्यसमा २३ जना खेलाडीको प्रत्येक म्याट्रेसमा उनीहरूको नामसमेत लेखिएको थियो । बेल्जियमका मिडियाले त्यहींबाट खेलाडीको सूची फुत्काइहाले । बेल्जियमको फुटबल संघले त्यसपछि मात्र खेलाडीको अन्तिम सूची जारी गर्यो ।