जेष्ठ ३०, २०७५
बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहको प्रेम–प्रसंगले बलिउड तरंगित भएको छ । यो जोडी आजभोलि सार्वजनिक कार्यक्रममा समेत खुल्लमखुल्ला पुग्ने गरेको छ ।
देश–विदेशमा समेत यो जोडी गोप्य डेटमा रमाउने कुरा भारतीय मिडियाहरूले लामो समयदेखि उल्लेख गर्दै आएका छन् । केही हिट चलचित्रमा समेत देखिएको यो जोडी गोप्य रूपमा विवाहको तयारीमा समेत जुटेको बताइन्छ भने बेला–बेलामा उनीहरूबीच ब्रेकअप भएको हल्लासमेत चल्छ । यद्यपि दीपिका–रणवीरले आजका दिनसम्म आफूहरू प्रेममा रहेको कुरा आधिकारिक रूपमा कतै भनेका छैनन् । आखिर दुनियाँको डर नमानी डेटमा पनि रमाउने, प्रेममा छौं भन्न पनि नसक्ने दीपिका–रणवीरको यो कस्तो नौटंकी हो कुन्नि !