साप्ताहिक संवाददाता
असार १३, २०७५
पुरानो बुलेट शिर्षकमा चलचित्र बन्ने भएको छ । यहि असार १५ गतेबाट छायांकनमा जाने यो चलचित्रको यसै साता औपचारिक घोषणा गरिएको हो ।
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा अभिनेता अनुप विक्रम शाही, अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बुले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकार पनि चलचित्रमा देखिने छन् ।
चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले यो चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् । निर्देशक भिषण र कार्यकारी निर्मातामा सन्तोषको कथा–पटकथा रहेको छ ।