साप्ताहिक संवाददाता
असार २२, २०७५
चलचित्र कहिँ कतैको अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पुराना अभिनेता दिलीप रायमाझीका साथमा नव–कलाकारद्धय सिवानी गिरी र सोनम बरफुङ्गालाई प्रसतुत गरिएको छ ।
सिवानी र सोनम यहि चलचित्र मार्फत सिनेनगरिमा डेब्यु गर्दैछन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।
शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोस्टर टौवा क्रियशनले तयार पारेको हो । चलचित्रलाई काठमाण्डौं उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।