साप्ताहिक संवाददाता
असार २४, २०७५
भदौ १५ गतेबाट रिलिजको प्रचारमा रहेको चलचित्र ‘मेरी मामु’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा बाल–कलाकार आयुव सेनलाई प्रस्तुत गरिएको छ । आशुसेन फिल्मको चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
यम थापाले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । आमा र छोराको सम्बन्ध बोकेको यो चलचित्रमा अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सारुक तााम्राकारका साथमा नव–कलाकार कुसुम गुरुङ र दुर्गा मल्ल शिर्ष भूमिकामा देखिने छन् ।
निर्माता सन्तोष सेनका अनुसार, अहिलेसम्म चलचित्रको ७० प्रतिशत छायांकन सकिएको छ । चलचित्रको छायांकन, स्वरांकन, सम्पादनको काम एकसाथ अगाडि बढेकाले पनि भदौ १५ मा चलचित्र रिलिज गर्न कुनै कठिन नभएको सेनले बताए ।