साप्ताहिक संवाददाता
असार २४, २०७५
विदेशबाट फर्किएर आएका युवाहरूको समूह मिलेर खोलिएको हो— ब्ल्याक वाटर रेस्ट्रो एन्ड बार । यो रेस्टुराँमा अमेरिकन, कन्टिनेन्टल तथा नेपाली परिकारहरू उपलब्ध छन् । पास्ता, पिज्जा, बर्गर, स्यान्डविच, फ्राइड चिकेन यहाँका सिग्नेचर परिकार हुन् ।
ठमेल तथा नयाँ बानेश्वरपछि न्युरोडमा विस्तार गरिएको यो रेस्टुराँमा ९ प्रकारका ब्रेकफास्ट अर्डर गर्न सकिन्छ । यहाँ गुल्मीको अर्गानिक कफी पनि उत्तिकै लोकप्रिय छ । एक पटकमा ५३ जना बस्न मिल्ने ब्ल्याक वाटरमा ककटेल–मोकटेलका भेराइटीसमेत उपलब्ध छन् ।
पास्ता : ३ सय ९५ तथा ५ सय ९५ रुपैयाँ
पिज्जा : ३ सय ५० तथा ७ सय १५ रुपैयाँ
बर्गर : २ सय ९५ तथा ५ सय २५ रुपैयाँ
स्यान्डविच : २ सय ५० देखि ४ सय ६५ रुपैयाँ