साप्ताहिक संवाददाता
असार २५, २०७५
जहाँ इंग्लिस फुटबल टिम हुन्छ, त्यहाँ टिमका खेलाडीका प्रेमिकाहरू पनि हुन्छन् । त्यसैले पनि विश्व मिडियाले उनीहरूलाई पछ्याइरहेको हुन्छ । यसमा विश्वकप २०१८ मात्र किन अपवाद हुन सक्छ ? इंग्लिस टिमसँगै अहिले रूसमा खेलाडीका पत्नी तथा गलफ्रेन्डहरू पनि छन्, अर्थात् ‘वाग्स’ ।
कोलम्बियामाथि जित हात पारेपछि ती पत्नी तथा प्रेमिकाहरू पनि उत्तिकै खुसी भए । उनीहरूले रंगशालामै आफ्ना प्रेमी खेलाडीलाई अँगालो मारे र सबैका अगाडि चुम्बन गरे । त्यसक्रममा मिडिया भने तिनको पछाडि लागेका लागै थिए ।