साप्ताहिक संवाददाता
उखरमाउलो गर्मी छ । त्यसमाथि सहरको धूलो, धूवाँ, प्रदूषण उस्तै छ । नियमित कामको तनावबाट केही दिन रिफ्रेस हुन कहाँ जाने ? काठमाडौं उपत्यका वरपरका डाँडाकाँडाहरूमा केही त्यस्ता रिसोर्ट छन्, जहाँ गएर गर्मी तथा प्रदूषण छल्न सकिन्छ । थोरै खर्चमा रमणीय वातावरणमा आफ्नो समय बिताउन चाहन हो भने यी गन्तव्यमा पुग्न सकिन्छ ।
ककनी माउन्टेन भ्यु रिसोर्ट, ककनी
बालाजु बाइपासबाट १२ किलोमिटरको दूरीमा छ– ककनी माउन्टेन भ्यु रिसोर्ट । सार्वजनिक सवारी साधनमा ४५ मिनेटको यात्रापछि यो रिसोर्ट पुगिन्छ । हाइवेमै भएकाले यो रिसोर्ट फेला पार्न गार्हो पनि छैन । यहाँ विशेष गरी जापानी माछा चाख्न पाइन्छ । रिसोर्ट आफ्नै पोखरीमा पालेको माछा ग्राहकहरूले मार्न समेत सक्छन् । ती माछा पोलेर वा पकाएर खाने सुविधा भएको रिसोर्ट सञ्चालक राजु घलेले बताए । रिसोर्टबाट २० मिनेट हिँडेपछि ककनी हाइट पुग्न सकिन्छ । मौसम सफा हुँदा त्यहाँबाट हिमालको लामै शृंखला हेर्न सकिन्छ ।
एट्याच रुमको मूल्य : १ हजार ५ सय रुपैयाँ ।
सादा खाना : २ सय ५० रुपैयाँ
चिकेन खाना : ३ सय ५० रुपैयाँ