साप्ताहिक संवाददाता
असार ३०, २०७५
अभिनेत्री आँचल शर्माले धेरै नाम चलेका कलाकार भएको चलचित्रमा अभिनय नगर्ने घोषणा गरेकी छिन् । ‘शत्रुगते’ व्यवसायिक रूपमा सफल भए पनि आफूलाई दर्शकहरूले खासै ‘नोटिस’ नगरेको अनुभव गरेपछि आँचलले भविष्यमा मल्टी स्टारर चलचित्रमा काम नगर्ने कुरा बताएकी हुन् । ‘शत्रुगतेमा मह जोडी जस्ता वरिष्ठ कलाकारहरूसँग काम गर्नेबाहेक अन्य खासै उपलब्धि भएन, आँचलको भनाइ छ– अब म हूलमूल हुने चलचित्रमा काम गर्दिनँ ।
चलचित्र शत्रुगतेले १२ करोड रुपैयाँको व्यवसाय गरेको घोषणा भैरहँदा सोही चलचित्रकी एक कलाकार शर्मा भविष्यमा सोलो भूमिकामा मात्र अभिनय गर्ने घोषणा गरिरहेकी थिइन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’ मा आकाश श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेकी आँचलले पहिलो पटक पल शाहबाहेकका अभिनेतासँग जोडी बनाएकी हुन् ।