साप्ताहिक संवाददाता
श्रावण ४, २०७५
आज ह्याप्पी फ्राइडे सेलिब्रेट गर्ने मुडमा हुनुहुन्छ ? नयाँ दिल्लीबाट आएको मेनि रुट्स इन्सेम्बल ब्यान्डले आज साँझ झम्सिखेलस्थित इभोक क्याफे एन्ड रेस्ट्रोमा लाइभ पर्फमेन्स दिँदैछ, जहाँ ज्याज, फंक, हिपहप, रेगी, अफ्रिकन, क्लासिकल आदि विधाका गीतहरू सुन्न सकिनेछ । फरक खालका गीत, संगीत एउटै थलोमा सुन्न चाहने हो भने यो इभेन्ट उपयुक्त सावित हुनसक्छ ।
प्रवेश शुल्क ३ सय रुपैयाँ तोकिएको यो कार्यक्रम साँझ ७ बजेदेखि १० बजेसम्म चल्नेछ । बेस क्याम्प : आउटडोर लाइफस्टाइलका सञ्चालक परेश श्रेष्ठका अनुसार यो इभेन्ट सकिएपछि नक्सालको क्लब २५ मा नेपालका चर्चित डिजे रन्जनको प्रस्तुतिमा अर्को लाइभ सुरु हुनेछ । त्यहाँ प्रवेश शुल्क ५ सय रुपैयाँ तिरेपछि एउटा बियर नि:शुल्क प्रदान गरिने श्रेष्ठले बताए ।