साप्ताहिक संवाददाता
साउनमा भगवान् शिवजीको विशेष पूजा आराधना गरिन्छ । यो महिना खास गरी माछा–मासु आदि तामसी खानेकुरा खाइँदैन, प्रत्येक सोमबारको दिन जल, बेल तथा गाईको दूध चढाएर पूजा गर्नाले मनको इच्छा पूरा हुने अनि मनोबल बढ्नु साथै शैक्षिक प्रगतिसमेत हुने मान्यता छ ।
अर्जुन थापा
भगवान् शिवको जन्म महिना भएर हो कि ?
एचआर गौतम
यही कारणले हो भन्न सक्दिनँ ।सुनेअनुसार भगवान्का लागि हो रे ।
सुनिल
साउनपछि भदौमा तीजजस्ता चाड छन् अनि तीजका लागि पैसा बचाउन भए पनि आमाले घरमा मासु पकाउनुहुन्न । त्यसैले मन नलागे पनि शाकाहारी खानामा जोड दिनैपर्यो नि ।
मिलन चाम्लिङ
साउनमा कुनै पर्व पर्दैन । पछि आउने पर्वका लागि पैसा जोगाएको होला नि ।
अर्जुन कार्की
धेरै खाँदा झाडापखाला होला भनेर । फेरि उपचार गर्न डाक्टरको पनि त अभाव छ हाम्रो देशमा ।
अधिकारी लक प्रितम
पशुपतिको अति प्रिय महिना भएका कारण ।
प्रवेश राई
खै शिवजी त जे पनि खान्थे । त्यही भएर आफू भइयो शिवको चेला । जे भेटियो त्यही बजाउने हो— जय भोले ।
सागर थ्री–स्टार
परम्परा भनूँ कि हिन्दू धर्मप्रतिको आस्था भनौं वा धर्म संस्कृतिको जगेर्ना ।
एचपी
खानेले खान्छन् । आफू त मांसाहारी हुँ । बजाउँछु हौ सकेसम्म ।
प्रवेश थापा
साउन महिना ‘सा’बाट सुरु हुन्छ । त्यसैले शाकाहारी खानामा जोड दिइएको हो ।
अंकिता भट्टराई
साउनमा घाँसपात धेरै पाइने भएकाले ।
गणेश बी धामी
हरिया सागपात प्रशस्त पाइन्छ नि त साउनमा ।
गोविन्द बुढाथोकी
साउनमा धेरै वर्षा र गर्मी हुने भएकाले माछा, मासुमा ब्याक्टेरियाको संक्रमण हुन्छ, त्यसैले शाकाहारी खानेकुरामा जोड दिइएको हो । अर्को कुरा भगवान् शिवको पूजा–आराधनाको महिना भएकाले पनि होला ।
सुनहेरि मामिया
लामो समयसम्म बाँच्न ।
डल्ली कान्छी
यो सब नाटक हो ।
रोजिन राई
तरकारी सस्तो हुने भएर नि । अरू बेला त महँगीले छुनै सकिँदैन ।
मास्की थापा
घाँसपात धेरै हुने महिना भएर ।
सुरेश पौडेल
साउनमा तलब ढिलो आउने भएर ।
बिदुर घिमिरे
कति मासु मात्र खानु ? कहिलेकाहीँ त मुख नि फेर्नु पर्यो भनेर होला नि ।
रोशन आचार्य
आफैं दिमाग लगाउनुहोस् । यस्ता कुरा पत्ता लगाउन आफैंले अनुमान लगाउनुपर्छ । अहिले त हरियो पहिरन पनि लगाउँछन् । खानामा पनि हरियो परियो नै बढी खाने चलन छ । कारण भने थाहा छैन ।
मनोजकुमार तामाङ
भगवान् शिवको पूजा–आराधना गर्न होला नि †
सनत
नेपालमा धेरै मासु खाइने भएर हो कि एक महिना मासु बारेको ।
सागर
मासु नै नपाएर होला । पाए त कहाँ छोडिन्छ र ?
रमेश पौडेल
यो मौसममा सागपात तथा हरिया तरकारी बढी पाइने भएर ।
मोहन पल
दाँत तथा पेटलाई रेस्ट होस भनेर । आफू त त्यसै पनि शाकाहारी परियो ।
अमृत कान्छो
स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले ।
दीपक विष्ट
बूढापाकाले उहिलेदेखि नै साउनमा मासु नखानु भनेर सिकाए अनि अहिले शाकाहारी खानामा जोड नदिए केमा दिने त ?
सुनिल निरौला