• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
बिदा लिँदै शक्ति
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बिदा लिँदै शक्ति
श्रावण १३, २०७५

 

अहिलेको नेपाली क्रिकेट टिममा अधिकांश खेलाडीबीच ‘तँ–तँ म–म’ चले पनि शक्ति गौचन भने सबैका दाइ हुन् अनि वचन राख्नुपर्ने व्यक्तित्व पनि । सन् २००२ मा न्युजिल्यान्डमा सञ्चालित यू–१९ विश्वकपपछि नेपाली क्रिकेटमा एउटा नयाँ अध्याय सुरु भएको हो । यो नै त्यो प्रतियोगिता थियो, जसपछि सारा विश्व के मान्न बाध्य भयो, नेपालले पनि क्रिकेट खेल्छ, खेल्छ मात्र होइन, राम्रो क्रिकेट खेल्छ । त्यही बेलादेखि नेपाली क्रिकेटसँग कुनै न कुनै रूपमा जोडिएको नाम हो— शक्ति गौचन । 

न्युजिल्यान्ड गएको उक्त टिमका प्रशिक्षक थिए, श्रीलंकाली रोय लुक डायस । उनका पनि प्रिय खेलाडी थिए— शक्ति, डायस श्रीलंकाली पारामा उनको नाम लिंदा भन्थे— शाक्ति । डायस भन्थे, शाक्ति तँ यसो गर्न सक्छन्, शाक्ति तँ उसो गर्न सक्छन् । नेपाली युवा टिम न्युजिल्यान्ड गएको पनि १५–१६ वर्ष भैसकेको छ । त्यसयता नेपाली क्रिकेटले धेरै लामो बाटो तय गरिसकेको छ । त्यसमा केही अवरोध पनि छन्, अनि केही ठूला उपलब्धि पनि । प्रत्येक अवसरमा शक्ति त्यसको साक्षी रहे । 

तिनै शक्तिको खेल जीवनले पूर्ण विराम लिंदैछ, उनी अब कम्तीमा खेलाडीका रूपमा मैदानमा देखिने छैनन् । त्यसको अर्थ अब उनी सक्रिय खेलाडी जीवनबाट बिदा लिंदैछन् । ‘जति बेला मैले क्रिकेट खेल्न सुरु गरें, त्यति बेला मेरो सबैभन्दा ठूलो सपना थियो, आफ्नो देशका लागि वान डे क्रिकेट खेल्ने । मैले नेपालका लागि वान डे क्रिकेट खेलेर त्यो सपना पूरा गर्ने अवसर पाउँदै छु । म जत्तिको खुसी मान्छे अरू को नै हुन सक्ला र ?’ 

अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम युरोप भ्रमणमा छ । इंग्लिस भूमिमा केही मैत्रीपूर्ण खेल खेलेपछि नेपालले त्यहाँ दुईवटा ट्वान्टी– २० खेल्नेछ । त्यसमध्ये नेदरल्यान्ड्सविरुद्ध हुने ट्वान्टी–२० ले पनि औपचारिक मान्यता पाउने छ र त्यसपछि नेपाली टिम लाग्नेछ— नेदरल्यान्ड्सतर्फ । त्यहाँ नेपालले पहिलो ऐतिहासिक वान डे खेल्नेछ । नेदरल्यान्ड्समा वान डेका दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट वान डे टिमको औपचारिक मान्यता पाएयता यो स्वरूपको खेल खेल्न लागेको यो पहिलो अवसर हो । शक्तिले त्यसैलाई संन्यासको अवसर बनाउन लागेका हुन् । 

शक्तिले लगभग दुई दशक नेपाली क्रिकेटमा बिताए । उनी धेरै अर्थमा स्पिन बलर हुन् अनि चाहिएको बेला उपयोगी ब्याट्सम्यान पनि । शक्तिले नेपालका लागि सम्झनालायक बलिङ गरेका उदाहरण अनेकन छन्, अनि ब्याटको मद्दतले जादु गरेको क्षण पनि । संन्यास लिने घोषणा गर्ने क्रममा उनी भावुक देखिए, जुन स्वभाविक पनि हो, तर शक्ति संन्यासको खास क्षणलाई भने खुसीमा परिणत गर्न चाहन्छन् । 

उनले भनेका छन्, ‘नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाखेल्दै बिदा लिन पाउनु जस्तो ठूलो उपलब्धि अरू के नै हुन सक्छ र ? यो मेरो चाहना पनि हो । मैले यसलाई आफ्नो खेल जीवनबाट संन्यास लिने उपयुक्त समय मानेको छु र यसका लागि प्रशिक्षक, कप्तान तथा साथी खेलाडीहरूसँग छलफलसमेत गरेको छु । मेरो खेल जीवनका लागि यो ठूलो अवसर हो ।’ शक्तिका अनुसार अहिले नेपाली क्रिकेट सही दिशातर्फ अग्रसर छ । 

नयाँ र युवा खेलाडीको आगमन भैरहेको छ । सम्भवत: उनको स्थानमा विकल्पका खेलाडी पनि तयार हुँदैछन् । यस्तोमा शक्तिको संन्यास उपयुक्त पनि देखिन्छ । उनले नेपालका लागि अब एकदिवसीय क्रिकेट त खेल्ने छन् नै, यसअघि उनले ट्वान्टी–२० पनि खेलिसकेका छन् । अब उनको चाहना हो, आउने पुस्ताका नेपाली खेलाडीले टेस्ट क्रिकेट पनि खेलून् । उमेर समूहबाट क्रिकेट खेल्न थालेका शक्तिले सन् २००२ मै पहिलोपल्ट नेपाली राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए । 

शक्तिले आफ्नो खेल जीवनको सुरुवात ब्याट्सम्यानका रूपमा गरेका थिए, तर उनको वास्तविक परिचय भने बलरका रूपमा रह्यो । यसको सबैभन्दा मीठो संयोग अरू के नै हुन सक्छ, उनी नेपालका लागि शतक बनाउने पहिलो ब्याट्सम्यान हुन भने ह्याट्रिक गर्ने पहिलो बलर पनि । सन् २००५ मा इटालीविरुद्ध शतक बनाएका शक्तिले सन् २०१२ मा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसैले त कप्तान पारस खड्का पनि शक्तिका निकै ठूला प्रशंसक हुन् । 

कप्तान पारसको भनाइ छ, ‘शक्ति दाइ त नेपाली क्रिकेटका पर्याय नै हुन् । उहाँसँग खेल्न पाउनु मेरो भाग्य हो ।’ अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि शक्तिले अझै केही वर्ष घरेलु क्रिकेट खेल्नेछन् । उनी ३४ वर्षका भए, पक्कै पनि अझै केही वर्ष घरेलु क्रिकेट खेल्ने दम उनमा छ । शक्तिले नेपाली क्रिकेटबाट सधैंका लागि बिदा लिन लागेका पनि होइनन्, किनभने उनी कुनै न कुनै रूपमा नेपाली क्रिकेटसँग जोडिइनै रहनेछन् । 

सबैलाई थाहा छ, नेपालका लागि क्रिकेट खेल्ने क्रममा उनी खेल्नमै मात्र सीमित रहेनन् । रूपन्देहीमा उनले क्रिकेट ऐकेडेमी स्थापना गरेका छन् र त्यसबाट लगातार खेलाडी उत्पादन गरिरहेका छन् । शक्तिकै कारण रूपन्देही क्रिकेटको उर्बर भूमिमा परिणत भएको छ । उनलाई नेपाली क्रिकेटको सेवा गर्न पाएकोमा उत्तिकै खुसी छ । शक्तिले अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिएसँगै नेपाली क्रिकेटमा एउटा अध्यायको अन्त्य हुनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik