साप्ताहिक संवाददाता
यसपालि बोलबमको तयारी केही छैन । ब्राजिलको जर्सी लगाएर घरमै बोलबम मनाउने सोच छ ।
अगस्ट ब्वाय साम
सर्वप्रथम त ‘बोलबम’ भन्ने शब्द र संस्कार नै विदेशबाट आएको हो, तैपनि थोरै धर्म होला, धेरै त नौटंकी नै हो ।
इन्दिरा इन्दिरा
देशमा अब बोलबम होइन, बोलवाम चल्छ । वामतन्त्रले गर्छ अब ।
चन्दसिंह बस्न्यात काजी
रक्सी धोकेर झगडा गर्ने काम ।
रमेश क्षेत्री
धर्म कमाउनु छ भने कुनै मन्दिरमा गएर होइन, कुनै गरिब असहायलाई दान गर्नु उचित हुन्छ ।
कमल
बोलबममा एक प्रकारको विकृति पनि छ । जाँड, रक्सी खाएर बोलबम भन्दै चिच्याउँदै हिंड्छन् । यसबाट ध्वनि प्रदूषण हुन्छ । नेपालमा अरू धर्मालम्बी पनि त छन् नि ।
डेभिड रिजाल
बोलबमका बेला रक्सी खाएर झ्याप हुन्छन् धेरै त ।
दपि कार्की
जब–जब बोलबम आउँछ तब–तब रोड जाम हुन्छ । सहर– बजारमा चहलपहल बढ्छ ।
नेमा तामाङ
आ–आफ्नो आस्था हो । कोही आस्तिक त कोही नास्तिक हुन्छन् । यी सब जीवन जिउने एउटा बहाना न हुन् ।
सञ्जय लामा
यो हिन्दू धर्मावलम्बीले गर्ने साउन महिनाको धार्मिक यात्रा हो, जहाँ पहेंलो वस्त्र लगाइएको हुन्छ अनि निकै दु:ख–कष्ट गरेर भगवान् शिवको मन्दिरमा जल चढाइन्छ बोलबम बोल भन्दै ।
विक्रम पाखरेल
बोलबमले गर्दा ३० मिनेट लाग्ने बाटो २ घण्टा लगाएर छिचोलेको अनुभव छ मसँग ।
रेन फल
बोलबम भनौं वा बाबा भोलेनाथको पूजा एउटै कुरा हो ।
जय यादब
यो कुरा ब्राजिलका फुटबल समर्थकहरू सोध्दा सोर्है आना सही जवाफ आउँछ ।
प्रबिन दहित
हिजोआजको बोलबम रमाइलो गर्ने माध्यम पनि हो ।
मनिष श्रेष्ठ
म त यसपालि ब्राजिलको जर्सी लगाएर बोलबम मनाउँछु ।
विशाल राई
खाली खुट्टा, पहेंलो वस्त्रमा शिवजीको पूजाका लागि जाने कर्म ।
सन्देश सिग्देल
यो महिना धार्मिक आस्थाको महिना हो । जसरी नेपालमा पाश्चात्य परम्पराहरू भित्रिरहेका छन् उसैगरी साउन र बोल बमको नाममा पनि भड्किलोपन र देखासिकी बढिरहेछ । धर्मलाई मनोरन्जनका रूपमा होइन, आस्थाले हेरौं । धर्म सबैका लागि धर्म नै हो ।
डियर जमुना
यो भगवानप्रतिको आस्थाभन्दा बढी नक्कल हो ।
अमृत श्रेष्ठ
यो भगवान् शिवप्रति सम्पुर्ण हिन्दू धर्मावलम्बीको आस्था हो ।
विवेक बुढाथोकी
पहेंलो लुगाको पनि व्यापार फस्टाउने समय यही हो । व्यापार गर्नुस्, शिव तथा लक्ष्मीको दर्शन घर बसी–बसी हुन्छ ।
सुनिल निरौला
बोलबम डेटिङको नयाँ गन्तव्य हो ।
रामकृष्ण पौडेल
अस्ति वल्र्डकपमा किनेको ब्राजिलको जर्सी काम लाग्ने भयो भनेर मख्ख छु म त ।
जवान बूढो
भगवानप्रतिको आस्था स्वभाविक हो, तर म आजसम्म गेरु भेषमा बोलबम गएको छैन । हिजोआज यो फेसन र विकृतिको कारण बन्दैछ । यद्यपि साउनको सोमबार शिवालयमा जल चढाउन गएको छु । बोलबम फेशन र विकृतिको कारक नबनोस् ।
एकराज गिरी
पक्कै पनि ब्राजिलका समर्थकले सुरु गरेको हुनुपर्छ, यो बोल बम भन्ने चिज ।
सुवास खड्का
साउन महिनामा प्राय: सबैले बोलबम भनेको देखिन्छ, तर वास्तवमा त्यो बोल ॐ हो । ॐ शब्दले सनातनधर्मीले मान्ने त्रिदेवलाई जनाउँछ ।
अनिशा कुँवर