साप्ताहिक संवाददाता
श्रावण ३०, २०७५
जब गेरेन्ट थोमसले ८३ घण्टा १७ मिनेट १३ सेकेन्डमा साइकल रेस टुर डी फ्रान्स जिते, खुसीयालीमा श्रीमती साराह एलेनलाई अँगालोमा भरे । उनले भनेका छन्, ‘यसभन्दा पहिले म अन्तिम पटक आफ्नो विवाहको खुसीमा रोएको थिएँ । आज फेरि रोएको छु ।
म यी दुई दिन कहिल्यै बिर्सनेछैन ।’ वेल्सका गेरेन्ट थोमसका निकटतम प्रतिद्वन्द्वी नेदरल्यान्डका टम डुमोलिनभन्दा १ मिनेट ५१ सेकेन्डले पछाडि रहे । यो जितसँगै थोमस यो रेस जित्ने वेल्सका पहिलो तथा ब्रिटेनका तेस्रो साइक्लिस्ट भएका छन् ।
यस पटकको रेसमा २२ टिमले भाग लिएका थिए । प्रत्येक टिममा ८ जना साइक्लिस्ट हुन्छन् । २३ दिनको रेस अवधिमा २ दिन मात्र आराम गर्ने समय पाइन्छ ।