साप्ताहिक संवाददाता
भाद्र ७, २०७५
तपाईं गोरखा नजिक हुनुहुन्छ र नेवारी भोजको पारखी हुनुहुन्छ भने भोलि शनिबार एउटा सुवर्ण अवसर छ । गोरखाको सांगीतिक समूह गोरखा धिमे पुच:ले गोरखा संग्रहालयमा सांगीतिक कार्यक्रमसहित नेवारी भोजको आयोजना गर्दैछ । सांगीतिक समूहले औपचारिक रूपमा धिमे बाजा बजाउन सिकेको वर्ष दिन पुगेको अवसरमा सांगीतिक कार्यक्रमसहित उक्त भोजको आयोजना गरेको धिमे पुच:का अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठले बताए ।
भोज हुने स्थान : गोरखा संग्रहालय, गोरखा
परिकार : स्थानीय स्तरमा पाइने सबै किसिमका नेवारी परिकार सांगीतिक कार्यक्रम : स्थानीय कलाकारहरूबाट सांगीतिक प्रस्तुति, धिमे पुच:द्वारा धिमेबाजा, नेवारी नृत्य प्रदर्शनका साथै सांस्कृतिक झाँकी प्रदर्शन समय : दिउँसो २ बजे
प्रवेश शुल्क : ६ सय रुपैयाँ