साप्ताहिक संवाददाता
भाद्र १५, २०७५
भोलि भदौ १६ गते शनिबार पोखरामा अनमोल केसीले प्रस्तुति दिँदैछन् । अनमोल इभ–२०१८ शीर्षकको उक्त कार्यक्रममा उनी स्टेजमा देखिने मात्र छैन, गाउने अनि नाच्ने पनि छन् ।
यसैगरी अभिनेत्री प्रियंका कार्कीको डान्सले दर्शकहरूलाई जोस्याउनेछ भने पछिल्लो समयका चर्चित र्याप गायक भिटेनले आफ्ना नयाँ तथा पुराना र्याप गीत सुनाउँदै पोखरेली दशर्कलाई उफार्नेछन् । साथमा डिजे ससपोइजन, डिजे बिरेन, आर के स्क्वायर आदिको सांगीतिक प्रस्तुतिले यो इभलाई रमणिय तुल्याउनेछ ।
स्थान : अमरसिंह चौर, पोखरा प्रवेश शुल्क : २ सय, ५ सय, १ हजार तथा ३ हजार
समय : दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म