साप्ताहिक संवाददाता
आश्विन १०, २०७५
अभिनेत्री झरना थापालाई निर्देशक बनाउने एक मात्र व्यक्ति हुन् चलचित्र निर्माता सुनिलकुमार थापा । श्रीमानकै कारण चलचित्र क्षेत्रमा स्थापित भएको कुरा बताउँदै आएकी झरनाले साप्ताहिकमार्फत आफ्ना श्रीमानका राम्रा तथा सुधार्नु पर्ने पक्षका बारेमा यसरी बताएकी छिन् ।
झरना थापा
राम्रो पक्ष
समयप्रति जिम्मेवार
सहयोगी भावना
गल्ती स्वीकार गर्न सक्ने क्षमता
परिवारलाई समेटेर राख्न सक्ने
सरसफाइमा ध्यान दिने ।
सुधार्नुपर्ने पक्ष
झनक्क रिसाउने
भविष्य नसोच्ने, क्षणिक मात्र सोच्ने
जिस्कँदा चिमोटेर कुरा गर्ने
एक्सरसाइज गर्न अल्छी गर्ने
चाहिनेभन्दा बढी सरसफाई खोज्ने ।