साप्ताहिक संवाददाता
राम्रो नाम–दाम कमाउन ।
विकास
बोल्न र कुरा घुमाउन पिएचडीको आवश्यकता पर्दैन हजुर !
आनन्द
जसले कुरा बुझ्दैनन् र मान्छे कुट्न अनि मार्न पनि सक्छन् । उसँग सबै डराउँछन् अनि उसैले चुनाव जित्छ । त्यही भएर ऊ नेता हुन्छ ।
नर्बदा पौडेल
अकुत सम्पत्ति कमाउने सजिलो माध्यम भएकाले ।
कमल
आफ्नो स्कोप खोज्दै, टोले लठुवाहरू लिडर बनेका हुन्छन् । हात र दिमाग चलाउन नजान्ने, मुख मात्र चलाउन जान्ने भएर यस्तो भएको हो ।
डेनिस
धेरै पढेका मानिस कसरी सेटल हुने भन्दाभन्दै हैरान हुन्छन् । नपढेकाहरू सम्पूर्ण समय समाजमै बसेर केही न केही गरिरहन्छन्, त्यसैले ।
डल्ले भाइ
पढेलेखेकाहरूलाई जागिर खोज्दै र जागिर धान्दै ठीक हुन्छ । त्यसैले कम पढेकाहरू राजनीतिमा लाग्छन् ।
काया बस्नेत
पैसा कमाउन, अपराध ढाकछोप गर्न, शिक्षित व्यक्तिलाई असफल बनाउन अनि देशलाई कंगाल बनाउन ।
सुदर्शन श्रेष्ठ
गफै गरेर खान पाइन्छ भने किन अंग्रेजी, गणित, विज्ञान आदि पढेर दिमाग भुट्नु नि ? अब त पढ्दै नपढी पास हुने जमाना पनि आइसक्यो ।
माधव पाण्डे
अरू विकल्प नदेखेर वा राजनीति गर्ने मानिसले यति पढेकै हुनुपर्छ भनेर नतोकिएकाले ।
संगीता रेग्मी
नपढेपछि अरू कुनै काम हुँदैन । त्यसैले दिन कटाउन के गर्ने त भन्दा हावादारी गफ हान्ने, झगडा गर्ने, यसका लागि राजनीति राम्रो प्लेटफर्म हो । दाम पनि आउने दिन पनि कट्ने ।
महेन्द्र विष्ट
नेपालमा पैसा कमाउन राजनीति गर्नेहरू ९९ प्रतिशत छन् । उनीहरूलाई निजी फाइदा बाहेक अरू कुनै कुरामा चासो छैन ।
नारायण अचार्य
राजनीति समाजकै महत्वपूर्ण पाटो हो, जब विद्यार्थीले सामाजिक कार्यमा ध्यान दिन्छ तब उसले बुझ्छ, पढेर मात्र होइन परेर ज्ञान पाइन्छ । अनि ऊ किताबी ज्ञान र स्कुलको मार्कसिटमा कम होला तर अबुझ भने हुँदैन । जस्तै : नेल्सन मन्डेलाको मार्कसिट त थिएन तर समाज बदल्ने चाहना थियो, सपना थियो ।
ऋषिजंग थापा बगाले
पढेलेखेकाहरू किन फस्दा हुन् फोहोरी राजनीतिमा ?
भुवन थापा
जीविकोपार्जनको कुनै आधार नहुने भएकाले । अहिलेको नेपालको सन्दर्भमा राजनीति नै कमाइको उत्तम स्रोत र साधन भएकाले ।
डेभिड भण्डारी
अरू केही गर्न सक्ने दक्षता नभएर ।
प्रकृति
ठगेर खान पाइने भएकाले ।
निशान
पत्रकारहरू पनि कम पढ्ने भा’को भएर ।
पूर्ण मानव
नेपालको राजनीति बिनाविचार चल्छ । जोसँग शक्ति छ, उसले सबैलाई घुमाउन सक्छ, त्यही भएर होला ।
जनक कुँवर
धेरै पढेका मानिसहरूले राम्रो अवसर पाउँछन् । आन्दोलनमा धेरै पढेलेखेका व्यक्तिहरू प्रहरीको कुटाइ खान तथा जेल बस्न तयार हुँदैनन् । कम पढेकाले जागिरमा अवसर पाउँदैनन् । जो जोखिम मोल्न तयार हुन्छन् नेता बन्छन् अनि देश चलाउँछन् ।
रमन लामा
राजनीति भनेकै नपढेकाहरूले त गर्ने हो नि । पढेकाले त जागिर खाने हो ।
तारा लिम्बू
दाम कमाउन सजिलो हुन्छ नि । त्यसैले कम पढेलेखेकाहरू राजनीतिमा लाग्छन् ।
जीवन क्षेत्री
पढिसकेपछि के गर्ने भन्ने अन्यौलताले निम्ताउने तनावले गर्दा राजनीतिमा लाग्छन् । राजनीतिमा आफू ठूलो मान्छे भएको आभाष हुन्छ, सान दिन पाइन्छ ।
शंकर आचार्य
पढेलेखेकाहरूमाथि राज गर्न ।
प्रसन्न अर्याल