आश्विन १५, २०७५
बलिउड अभिनेत्रीहरू बेला–बेला रंगभेदको सिकार हुँदै आएको खबर मिडियामा निकै आउँछ । हालै एक अभिनेत्रीले आफू रंगभेदको सिकारमा परेको खुलासा गरेकी छिन । अभिनेत्री ऋचा चड्डाले जर्जिया भ्रमणका क्रममा त्यस्तो समस्या भोगेको बताएकी छिन् ।
ऋचाले आफ्नो ट्विटर एकाउन्टबाट उक्त घटनाको पुष्टि गरेकी छिन् । ऋचाले लेखेकी छिन्— जर्जियाबाट बाहिरिने बेला एयरपोर्टको पासपोर्ट कन्ट्रोल सेक्सनमा एक रेसिस्ट अफिसर फेला पारें ।
उनले मेरो पासपोर्ट दुई पटक जोडले फ्याके र आफ्नो भाषामा केही बोले, जुन मैले अलिअलि मात्र बुझें । अन्तत: उनले तुरुन्त आफूलाई बाहिर निकाल्न आदेशसमेत दिएको ऋचाले बताएकी छिन् ।