साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय बजारमा पाइने चकलेटको स्वाद अब काठमाडौंमै लिन सकिन्छ । काठमाडौंका लाबिम मल, केएल टावर, राइजिङ मल तथा पोखरामा क्यान्डिल्यान्डका शाखा खुलेका छन्, जहाँ बेलायत, नेदरल्यान्ड, रोमानिया तथा स्पेनबाट आयात गरिएका फरक–फरक स्वादका झन्डै १ सयभन्दा बढी किसिमका चकलेट खरिद गर्न सकिन्छ ।
१० वर्ष बेलायत बस्दा अनन्त गौतमले त्यहाँका ट्रेन स्टेसनहरूमा क्यान्डिल्यान्डका ठूला–ठूला शोरुम देखेका थिए । त्यतिबेला उनले नेपालमा पनि यस्तै व्यवसाय गर्ने सोच बनाएका थिए । सन् २०१६ मा स्वदेश फर्किएका अनन्तले नेपालमा कुन व्यवसाय गर्दा उचित होला भनेर एक वर्ष अनुसन्धानमै बिताए ।
अन्तत: गौतमले बेलायतमै भेटिएका इन्जिनियर साथी रविन थापासँग सहकार्य गरेर क्यान्डिल्यान्ड खोले । स्थापनाको ९ महिनामै चकलेटका यी आउटलेटले छुट्टै पहिचान बनाइसकेका छन् । क्यान्डिल्यान्डमा ३ सय रुपैयाँ खर्चिंदा छानिछानी एक सय ग्राम चकलेट खरिद गर्न सकिन्छ ।
क्यान्डिल्यान्डमा पाइने मुख्य आइटम :
गमी बियर्स, सुपर सावर क्यान्डी, योगर्ट रेजिन्स, सावर एप्पल रिङ्गस, म्याजिक मिक्स आदि