साप्ताहिक संवाददाता
हङकङमा रहेर नेपाली भाषा, साहित्य र वाङ्मयमा निरन्तर लागि परिरहेको साहित्यिक साझा श्रृखलाले आफ्नो ७ औँ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसर पारेर श्रृखलाले भाग ४ पुस्तक समेत सार्वजनिक गरेको छ ।
हङकङमा रहेर नेपाली साहित्यमा दख्खल र रुची राख्नेहरुका श्रृजना समेटिएको पुस्तकमा कविता, गीत, जीवनी, यात्रा संस्मरण लगायत समेटिएको छ । हरेक बर्ष बार्षिक उत्सवको अवसर पारेर एउटा कृति प्रकाशित गर्ने श्रृखलाले यसलाई ऐतिहासिक दस्तावेजकारुपमा निरन्तरता दिईएको सहसंयोजक सुनिता गिरीको भनाई छ ।
नेपाली भाषालाई नयाँ पुस्तामाझ परिचित गराउदै प्रवासमा रहेर पनि नेपाली साहित्यलाई माया गर्नुहुनेहरुका लागि श्रृजना नमरोस भनेर हामी लागि परिरहेका छौ संयोजक डिवी पालुङ्वा बताउछन् ।
पुस्तकमा हङकङका कुशल चित्रकार दिपेन्द्र राईले साहित्यकार ईन्द्रबहादुर राईको आवरण तस्बिर स्केच गरेका छन् ।