साप्ताहिक संवाददाता
चितवनका विकल्प राज श्रेष्ठले मिष्टर नेपाल वल्र्ड २०१८ को उपाधि उचाल्न सफल भएका छन् । उनले सोसल मिडिया उपाधि सहित प्रतियोगीताको शिर्ष उपाधि उचाल्न सफल भएका हुन् । श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद ५० हजारका साथमा ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक्सपोज नेपाल डटकमको आयोजनामा सम्पन्न भएको मिष्टर नेपालको ग्राण्ड फिनालेमा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेन इन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेन एल्टिच्युद छानिएका थिए ।
यसैगरी सागर परियार एक्सपोज नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्सपोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्सपोज नेपाल स्पोर्ट्स एम्बेसडर छानिए । प्रतियोगिताको कान्तिपुर टि.भि.बाट प्रत्यक्ष प्रशारण भएको थियो ।