साप्ताहिक संवाददाता
कार्तिक ४, २०७५
नेपाली चलचित्र क्षेत्रमा निरन्तर निर्माण र अभिनयमा सक्रिय रहेका अभिनेता तथा निर्माता जय किशन बस्नेतले नयाँ चलचित्रको नाम घोषणा गरेका छन् । दशैं सकिनासाथ छायांकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम हिरो नं १ राखेका छन् ।
जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन गई रहेको यस चलचित्रमा को को कलाकार हुने भन्ने विषयमा केही नबताईए पनि टंक बुढाथोकीको संगीत, एन.बि. महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायांकन, शिव बिकको नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयमको रहने छ । आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने चलचित्र हिरो नं १ मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको हो ।