साप्ताहिक संवाददाता
सर्लाहीबाट आ–आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको छ ।
सर्लाही स्थित श्री माँ शक्ति दुर्गा क्लबलेले सम्मान तथा साँस्कृतिक कार्यक्रम २०७५ का बीच निर्देशक प्रदीप भट्टाराई, अभिनेता निखिल उप्रेती र विजय बराल, गायक कमल खत्री, कर्णराज गिरी, हाँस्यकलाकार शिव शंकर रिजाल, मोडल इष्टु कार्की, मिस सर्लाही २०७५ प्राप्ति उप्रेती, कलाकार राम ठाकुरलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।
यसैगरी सर्लाही जिल्लाबाट नेपाल विधार्थी संघको केन्द्रिय सदस्य समेत भइसकेका सामाजिक अभियन्ता रघु कार्कीलाई पनि सम्मान गरेको छ । पत्रकारिता सम्मान मार्फत प्रदीप कार्की, मनिष कार्की र नविन गिरी सम्मानित भएका छन् ।
गायक कमलले आफ्ना चर्चित गीतहरु गाउदा स्थानीय दर्शक नाच्न बाध्य भएका थिए । यसैगरी कर्णराजले पनि आफ्नो चर्चित गीतहरु सहितको प्रस्तुति दिएका थिए भने शिव शंकर रिजालको प्रहसनले स्थानियलाई हसाएको थियो ।