कार्तिक १०, २०७५
केही महिनाअघि प्रदर्शनमा आएको चलचित्र धडककी अभिनेत्री हुन्— जाहन्वी कपुर । पहिलो चलचित्रबाटै नोटिसमा परेकी जाहन्वीलाई आफ्नो चलचित्रमा अभिनय गराउन धेरै निर्माता– निर्देशकहरू तँछाडमछाड गरिरहेका छन् । यद्यपि उनले अहिलेसम्म कुनै पनि चलचित्रमा साइन गरेकी थिइनन् ।
अहिले आएर बलिउडका टाइगर प्रोड्युसर करण जौहरको नयाँ चलचित्रमा भने जाहन्वी नै फाइनल भएकी छिन् । पछिल्ला केही समययता उनी करणकै रेखदेखमा प्रशिक्षण लिइरहेकी छिन । भनिन्छ, जाहन्वी दोस्रो चलचित्रमा महिला पाईलटको भूमिकामा प्रस्तुत हुँदैछिन् ।
यो चलचित्र बिग बजेटमा निर्माण हुनेछ । जाहन्वीले अभिनयसँगै सेलिब्रेटीका रूपमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत प्रशिक्षण लिइरहेको भारतीय मिडियाहरूको दाबी छ । भनिन्छ, अहिले जाहन्वीले घर–परिवारलाई समेत हप्तौं दिनसम्म भेट्न पाउँदिनन् ।