साप्ताहिक संवाददाता
कार्तिक १५, २०७५
गायक प्रशन्न पाठक नयाँ गीतका साथमा बजारमा आएका छन् । उनी ‘मर्ने एउटै बाटो हुन्छ...’बोलको नयाँ गीत लिएर बजारमा आएका हुन् । सार्वजनिक गीतमा गायक पाठकलाई मिलन कँडेलले गायनमा साथ दिएका छन् ।
मिलन कँडेलको शब्द/संगीत रहेको गीतको म्यूजिक भिडियो मार्फत गिरिबीका कारण आफ्नो सन्तानको उपचार गर्न नसक्दाको पीडा प्रस्तुत गरिएको छ ।
भिडियोमा समिप निरौला, प्रशन्न पाठक, रविन पौडेल र मिलन कँडेलले अभिनय गरेका छन् । भिडियो सम्रान्त थापाले निर्देशन गरेका छन् ।
‘मर्ने एउटै बाटो हुन्छ’को म्यूजिक भिडियो :