साप्ताहिक संवाददाता
कार्तिक २५, २०७५
अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१८’ मा नेपालका तर्फबाट आशिक ताम्राकारले सहभागिता जनाएका छन् ।
आशिकले हाल विश्वका अन्य २७ जना प्रतिस्पर्धीहरुसित प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही नोभेम्बर १५ मा फिलिपिन्सको सान जुआन शहरस्थित थिएट्रिनो प्रोमिनेड ग्रीन हील्समा संचालन हुनेछ ।
सो प्रतियोगितामा नेपालको तर्फबाट पहिलो सहभागि बनेका आशिक नारायणगढ निवासी हुन् । फेसन कोरियोग्राफरका रुपमा पनि सक्रिय रहेका आशिक यस अघि मिष्टर चितवन २०१७ का विजेता बनेका थिए भने मिष्टर नेपाल २०१७ का उनी रनर अप पनि हुन् ।