साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७५
सिंगापुरलाई कर्मथलो बनाएकी गायिका तथा गीतकार न्याली पहिलो पटक काठमाडौंमा प्रस्तुत हुँदैछिन् । खासगरी पप र ज्याज विधाका गीत सुनाएर दर्शकहरूलाई झुमाउने तयारीमा छिन् उनी ।
भोलि शनिबार उक्त स्टेजमा पियानोबादक युभाष वैद्यले समेत प्रस्तुति दिनेछन् । न्यालीले काठमाडौंका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछिन् ।
हिमाली देशमा सांगीतिक प्रस्तुति दिन पाउँदा आफू एकदमै उत्साहित भएको उनले बताएकी छिन् । र्याली अराउन्ड द वल्र्ड कार्यक्रमअन्तर्गत विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।
समय : ८ बजे
आयोजक : वेलसुडप्ले (वास्प कन्सर्ट्स) र बेस क्याम्प : आउटडोर लाइफस्टायल
स्थान : सोफार साउन्ड्स, काठमाडौं