साप्ताहिक संवाददाता
गायक स्वप्न सुमन आज लाजिम्पाट, पानीपोखरीस्थित ओस्कार बार एन्ड ग्रिलमा लाइभ प्रस्तुत हुँदैछन् । युवा पुस्तामाझ चर्चित गायक सुमनलाई अर्का कलाकार नट्टु शाहले सहयोग गर्ने छन् । उक्त अवसरमा विभिन्न परिकारको स्वाद लिँदै स्वप्न र नट्टुको प्रस्तुतिमा रमाउन सकिनेछ । ओस्कारमा हरेक हप्ता नयाँ–नयाँ कलाकारको प्रस्तुति हेर्न तथा सुन्न सकिन्छ ।
स्थान : ओस्कार बार एन्ड ग्रिल, लाजिम्पाट
समय : साँझ ७ बजे
आज द एक्स, भोलि आस्था र भिटेन
आज शुक्रबार नेपाली रक ब्यान्ड द एक्सको प्रस्तुति पोखरा महानगरपालिकाको भण्डारढिक खेल मैदानमा हुँदैछ । कन्र्सटमा लाइभ प्रस्तुति दिँदै द एक्सले दर्शक झुमाउनेछ भने स्थानीय ब्यान्डको कन्र्सटले समेत त्यसमा रौनक थप्नेछ । शुक्रबार दिउँसो हुने कार्यक्रममा राजु गुरुङ, कुमार पुन, पार्वती जिसी घनश्याम रिजाल तथा जादुगर बलराम सरकारको प्रस्तुति हेर्न पाइनेछ । भोलि शनिबार हुने कन्सर्टमा र्यापर समिर घिसिङ भिटेनले युवा–युवतीहरूलाई गीत सुनाउने छन् ।
आस्था राउतको प्रस्तुति शनिबार साँझ हुनेछ भने त्यो दिन स्थानीय ब्यान्ड तथा सरगम कला केन्द्र आदिको प्रस्तुतिमा समेत रमाउन सकिनेछ । शनिबार दिउँसो भने प्रजापती पराजुली, कुलेन्द्र विश्वकर्मा, शंकर विरही गुरुङ आदिको प्रस्तुतिमा रम्न पाइनेछ । यो कार्यक्रमको आयोजना आदर्श युवा क्लबले गरेको हो । कात्तिक ३० गते प्रारम्भ भएको यो महोत्सव मंसिर ९ गतेसम्म चल्ने बताइकोछ ।
स्थान : भण्डारढिक खेल मैदान, लेखनाथ
समय : बिहान ११ बजेदेखि राति ९ बजेसम्म
टिकट दर : लोक दोहोरीका लागि ५०, पप कन्सर्टका लागि १०० रुपैयाँ