साप्ताहिक संवाददाता
मंसिर ८, २०७५
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक चलचित्र महोत्सव हुँदैछ । हिजो प्रारम्भ भएको ४ दिने यो महोत्सव चार दिनसम्म चल्नेछ जहाँ १४ वटा देशका पाँच विधाका २९ वटा चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा उत्कृष्ट हुनेहरूलाई बेस्ट डकुमेन्ट्री अवार्ड, बेस्ट चिल्ड्ेरन फिल्म, बेस्ट वुमन फिल्म, बेस्ट सर्ट फिल्म अवार्ड विधामा पुरस्कृत गरिनेछ । महोत्सवका लागि २० वटा देशबाट ४ सय चलचित्रले निवेदन दिएका थिए जसमध्ये २९ वटा चलचित्र छानिएका हुन् ।
स्थान : नेपाल पर्यटन बोर्ड, भृकुटिमण्डप
आयोजक : नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल