उमेर बढेर के भो त ? अक्षय कुमार जस्ता थिए अझै उस्तै छन् । उत्तिकै जवान तन्दुरुस्त अनि फुर्तिला छन्, तर यो कुरालाई सामान्य ढंगबाट नलिनुहोस् अक्षयको फिटनेस रहस्य र दिनचर्या थाहा पाउनुभयो भने अचम्म मान्नुहुनेछ ।
अक्षय राति अबेरसम्म बसेर कहिल्यै निद्रा डिस्टर्ब गर्दैनन् । उनी बिहानको मिर्मिरे घामसँगै ओछ्यान छोड्छन् ।
अक्षय साँझ साढे ७ बजेसम्म खाना खाइसक्छन् भने ९ वजेसम्म ओछ्यान पुगिहाल्छन् ।
लेट नाइट पार्टीमा सहभागी हुने, मध्यरातसम्म बस्ने, हो–हल्ला गर्ने उनको चलन छैन ।
अक्षय आफ्नो बडीलाई फिट राख्न अरू कलाकारजस्तो जिम धाउँदैनन् । उनि किक बक्सिङ र श्याडो बक्सिङको अभ्यासका साथै नियमित योग गर्छन् ।
अक्षय बास्केटबल खेल्न र ट्रेकिङ जान औधी रुचाउँछन् ।
नियमित व्यायाम र सन्तुलित तथा स्वस्थ्य खानपानमा कहिल्यै सम्झौता गर्दैनन् ।
अक्षय हरेक बिहान नियमित एक घण्टा पौडी खेल्छन् र मार्सल आर्टको अभ्यास गर्छन् । यसका साथै उनी योग तथा स्ट्रेचिङ एक्सरसाइज गर्छन् ।
अक्षय कुमार मद्यपान तथा धूम्रपान गर्दैनन् । उनी चिया, कफी पनि सेवन गर्दैनन ।
अक्षय सधै घरमै तयार पारिएका खानेकुरा खान्छन् भने कहिल्यै डाइटिङ गर्दैनन् ।
बिहान नास्तामा एक गिलास दूध र परौठा अक्षयको फेबरेट हो । उनी कहिलेकाहीं अण्डा, जुस अथवा मिल्कसेकसमेत खान्छन् ।
दिउँसो नास्ताका रूपमा फल, ड्राइ फुड्स तथा मिक्स भेज खान्छन् ।
उनको रातिको खानामा रोटी, दाल, सब्जी, दही अथवा उसिनेको चिकेन हुन्छ ।