साप्ताहिक संवाददाता
आज शुक्रबार कर्णदासको प्रस्तुति पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुँदैछ । साँझ ५ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा अन्य कलाकारको प्रस्तुतिले समेत रौनक थप्नेछ भने आज दिउँसो हुने कार्यक्रमको मुख्य आकर्षण कुलेन्द्र विश्वकर्मा हुनेछन् ।
भोलि साँझ भने कालिप्रसाद बास्कोटाको प्रस्तुतिमा रम्न पाइनेछ । भोलि दिउँसो भने बसन्त थापा आकर्षणमा रहनेछन् । यो कार्यक्रमको आयोजना पोखरा उद्योग वाणिज्य संघले गरेको हो । सफल एक्स्पो पोखराका साथमा तेस्रो मोबाइल मेला–२०७५ मा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । मंसिर १३ गते प्रारम्भ भएको यो महोत्सव मंसिर २४ गतेसम्म चल्नेछ ।
महोत्सवको थप आकर्षणका रूपमा हरेक दिन प्रस्तुत हुने लोकदोहोरी प्रतियोगिता, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय नृत्य, लोपोन्मुख सांस्कृतिक झाँकी तथा हास्यव्यंग्य आदि छन् ।
समय : बिहान ११ बजेदेखि राति ८ बजेसम्म
प्रवेश शुल्क : विद्यार्थीका लागि ४० रुपैयाँ,
सर्वसाधारणका लागि ६० रुपैयाँँ