साप्ताहिक संवाददाता
आज शनिबार पोखरामा स्टाइल वार हिपहप फेस्टिबल–२०१८ को आयोजना हँुदैछ । द सोलमेट्स क्रिउले पहिलोपटक आयोजना गर्न लागेको यो कार्यक्रममा विभिन्न देशको हिपहप कल्चर हेर्न पाइनेछ । चीन, भारत, कोरिया तथा अष्ट्रेलियासँगै नेपालका विभिन्न ठाउँका हिपहप कलाकार यो कार्यक्रममा सहभागी हुँदैछन् । यो एउटा अन्तर्राष्ट्रिय हिपहप फेस्टिबल हो भने यसमा उत्कृष्ट प्रस्तुति दिनेले पुरस्कार समेत जित्नेछन् ।
स्थान : पोखरा सभागृह
समय : बिहान ११ बजेदेखि
प्रवेश : नि:शुल्क
दि भिक्ट्री लाउन्जमा डिजे स्यानन
आज शनिबार दरबारमार्गस्थित द भिक्ट्री लाउन्जमा नयाँ दिल्लीकी डिजे स्याननले आफ्नो लाइभ प्रस्तुति दिँदैछिन् । उनी भारतकै उत्कृष्ट डिजेमध्ये एक हुन् । प्रोड्युसर समेत रहेकी डिजे स्याननलाई डिजे नानी, डिजे रविन, डिजे सिजन तथा डिजे श्यांकले साथ दिनेछन् । उक्त अवसरमा ब्यान्ड बिएनएसले समेत प्रस्तुति दिनेछ ।
स्थान : द भिक्ट्री लाउन्ज, दरबारमार्ग
समय : राति ९ बजे